8 years ago
April 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मनमोहन स्मृति अन्तर प्रदेश यू १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको सन्दर्भ पारे मनमोहन मेमोरियल क्रिकेट सेन्टरले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेटको जानकारी दिदै आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरे (बीचमा) । साथमा सांसद रामकुमारी झाक्री ।
सेन्टरका अध्यक्ष ठाकुर गैरले प्रतियोगिता बैशाख १३ देखि १९ गते सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिए । प्रतियोगितामा सात वटा प्रदेशको टोलीको सहभागिता रहनेछ । प्रतिस्पर्धा ३० ओभरको हुने बताइएको छ । प्रतियोगिताका लागि अर्को साता खेलाडी छनोट गरिने सेन्टरका अध्यक्ष गैरेले बताए ।
बैशाख ६ र ७ गते प्रदेश टोलीका लागि खेलाडी छनोट हुने बताइएको छ । प्रदेशअन्तर्गत १ नम्बरको को विराटनगर, २ को वीरगन्ज, ३ को काठमाडौं, ४ को पोखरा, ५ को भैरहवा, ६ को सुर्खेत र ७ को धनगढीमा छनोट हुने तय भएको छ । हरेक टोलीमा १४ खेलाडी छनोट हुनेछन् ।
सात दिन सम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँका साथै खेल सामाग्री प्राप्त गर्नेछन् ।सेन्टरले प्रतियोगिताको समापनका दौरानमा २०७४ सालमा उत्कृष्ट प्रदर्शन गर्ने १–१ पुरुष/महिला क्रिकेट खेलाडी र १ जना प्रशिक्षकलाई ‘मनमोहन राष्ट्रिय क्रिकेट सम्मान– २०७४’ बाट सम्मान गर्ने अध्यक्ष गैरेले जानकारी दिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]