default_image

8 years ago

April 12, 2018

काठमाडौं गोल्डेन्स डिपिएलको फाइनलमा : महेन्द्रनगर ५ विकेटले पराजित

113 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – ब्याटिङमा सुवोध भाटी र बलिङमा सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गोल्डेन्स धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)– २ को फाइनलमा प्रवेश गरेको छ । काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । ६ विकेट लिएका सन्नी पटेल म्यान अफ द म्याच घोषित भए ।
अब काठमाडौंले उपाधिका लागि टिम चौराहा धनगढीसँग उपाधिका लागि खेल्नेछ । धनगढीले काठमाडौंलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल शुक्रबार हुनेछ । महेन्द्रनगरले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित लक्ष्य १८ ओभर २ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । काठमाडौंका लागि सुवोध भाटीले उत्कृष्ट ब्याटिङ गरे । भाटी ५२ रनमा आउट भए । २९ बल खेलेका भाटीले ५ छक्का र ४ चौका प्रहार गरे ।
यस्तै भाटी प्रतियोगितामा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने । भाटीले १७ बलमा ५२ रन बनाउदै प्रतियोगितामा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् । यो भन्दा अघि विराटनगर किङ्सका बाबर हायतले रुपन्देही च्यालेन्जर्सविरुद्ध २८ बलमा ५३ रन बनाउदै छिटो अर्धशतक पूरा गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भए । यस्तै काठमाडौंका अमित श्रेष्ठ २६ रनमा आउट भए । भुपेन्द्र थापा १५ रनमा आउट भए । पुष्प थापा ९ रनमा आउट हुन पुगे । नरेश बुढाऐर ७ तथा सन्नी पटेल ५ रनमा नटआउट रहे ।
महेन्द्रनगरका पुनित मेहराले २ तथा भुवन कार्की, रोविन क्षेत्री र पुनित विष्टले समान १ विकेट लिए । यसअघि संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा बिहिबार टस हारेर पलिे ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रनको मध्यम योगफल तयार पार्यो । खराव शुरुवात गरेको महेन्द्रनगर युनाइटेडले १० रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाएको थियो । तर, क्रिजमा रहेका पुनित मेहरा र आसिफ शेखले सातौ विकेटको लागि ८५ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए ।
महेन्द्रनगरका विनोद भण्डारी, आसिफ शेख, हरिशंकर शाह, रोहित कुमार पौडेल र भुवन कार्कीले रनको खात नै खोल्न सकेनन् । पुनित विष्ट ७ रनमा आउट भए । आसिफ शेख ४३ रनमा आउट भए । ३९ बल खेलेका आसिफले १ छक्का र ४ चौका प्रहार गरे । पुनित मेहरा ५८ रनमा आउट रहे । ४२ बल खेलेका पुनितले ४ छक्का र ४ छक्का प्रहार गरे । १२ बलमा करण २ छक्काको मद्दतमा २१ रन बनाएर आउट भए ।
बलिङमा उत्कृष्ट प्रदर्शन गरेको काठमाडौंका सन्नी पटेल एक्लैले ६ विकेट लिए । आफ्नो स्पेलको ४ ओभरमा सन्नीले उत्कृष्ट बलिङको नमुना पेश गर्दै महेन्द्रनगरको महत्वपूर्ण ६ विकेट लिन सफल भएका हुन् । सन्नीले ४ ओभरमा १० रन खर्चदै १ मेडनसहित महेन्द्रनगरको महत्वपूर्ण ६ विकेट लिन सफल भएका हुन् । पहिलो ओभरको दोस्रो बलमै ओपनर ब्याट्सम्यान विनोद भण्डारीलाई एलबिडब्लुको शिकार बनाएका थिए । तेस्रो ओभरको पहिलो बलमा आसिफ शेख र अन्तिम बलमा हरिशंकर शाहलाई आउट गरेका थिए ।
सन्नीले पाँचौ ओभरको तेस्रो बलमा पुनित विष्ट, पाँचौ ओभरमा रोहित कुमार पौडेल र अन्तिम बलमा भुवन कार्कीलाई आउट गरेका थिए । पटेल ७ खेलबाट १२ विकेट लिएर सर्वाधिक विकेट लिनेको शीर्षस्थानमा रहेका छन् । पुष्प थापा र सुवोध भाटीले १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.