8 years ago
April 12, 2018
धनगढी (हाम्रोखेलकुद)- दोस्रो धनगढी प्रिमियर लिगमा महेन्द्रनगरलाई पराजित गरेर फाइनल प्रवेश गरेपछि काठमाडौंका प्रशिक्षक राजु बस्न्यातले शुरुको ६ ओभरमा ६ विकेट र सुवोधको उत्कृष्ट ब्याटिङ मद्दतमा जित हात पार्न सहज भएको बताए ।
‘पहिलो र दोस्रो इनिङ्सको शुरुवाती ६ ओभर हाम्रो लागि निकै नै राम्रो भयो । हामीले पहिलो इनिङ्समा शुरुमै ६ विकेट लिन सफल भयौ भने, ब्याटिङमा पनि राम्रो शुरुवात गर्न सक्यौं । यो नै जितको आधार बन्यो ।’ खेलपछि प्रशिक्षक बस्न्यातले भने, ‘विपक्षी टिमको ब्याटिङ लाइन राम्रो रहेको कारण हामीले त्यसपछि विकेट पतनलाई निरन्तरता दिन सकेनौं । उनीहरुले त्यसलाई क्यास गरे । राम्रो योगफल बनाउन सक्यो ।’ प्रशिक्षक बस्नेतले सुवोधले ब्याटिङमा गर्नुपर्ने कन्ट्रिब्युट गरेको बताए । ‘रनको योजना अनुसार सुवोधलाई अघि पठायौं । उनले आफ्नो भुमिका निभाए । सुवोधले राम्रो इनिङ्स खेलिसकेपछि अन्य ब्याट्सम्यानहरुलाई कुनै पनि प्रेसर भएन । उनीहरुले ढुक्कसँग खेले ।’
प्रशिक्षक बस्नेतले भने, ‘विपक्षी टिमको ब्याटिङ लाइनअप राम्रो छ भन्ने हामीलाई थाहा थियो । ६–१० को अवस्थामा पनि उनीहरुले राम्रो कमब्याक गर्न सक्छ भन्ने लागेको थियो । युवा बलहरुहरु केही नर्मस भएर बलिङ गरे । त्यस्तै भयो ।’ यता, काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले टिममा सबैको व्यक्तिगत भुमिका हुने गर्दछ । आज सुवोध र भाटीले आफ्नो भुमिका देखाउदा खेल जित्न सहज भएको बताए । महेन्द्रनगरका प्रशिक्षक विनोद दासले योजना अनुसार आफुहरु खेल्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए ।
‘शुरुको ६ ओभरमा पटेलका विरुद्ध अघि बढेर खेल्ने तथा स्विप सट खेल्ने हाम्रो योजना थिएन । ब्याट्सम्यानहरुले योजना विपरित फरक सटहरु खेले । यस्तै बलिङ पनि हाम्रो योजना अनुरुप भएन । हाम्रो योजना बल अघि फाल्ने र स्विङ गराउन थियो । तर, सबै योजना विपरित भयो ।’ प्रशिक्षक दासले भने, ‘उनीहरुका दुई खेलाडी भाटी र सन्नीले उत्कृष्ट प्रदर्शन गरे । हामी हाम्रो कमजोरी स्वीकाछौं ।’
महेन्द्रनगरका कप्तान विनोद भण्डारीले ब्याटिङ लाइन अप राम्रो रहेकाले शुरुमा ६ विकेट गुमाएपनि राम्रो तयार पार्न अपेक्षा राखेको बताए । आरिफ र पुनितले राम्रो साझेदारी गर्दा सम्मानजनक योगफल तयार पार्न सकिएको बताए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]