default_image

8 years ago

April 13, 2018

काठमाडौँ र चौराहा डिपिएल उपाधिको लागि भिड्दै

107 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – शुक्रबार हुने धनगढी प्रिमियर लिगको फाइनल खेलमा सोमपाल कामीको कप्तानीमा रहेको साबिक विजेता टिम चौराहा धनगढी र राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल कप्तान रहेका काठमाडौँ गोल्डेन्स भिड्दै छन्।खेल एसएसपि मैदानमा दिउँसो १२:३० मा  सुरु हुनेछ ।

पहिलो चरणको सबै खेल जितेर क्वालिफायरमा स्थान सुरक्षित बनाएको काठमाडौँ पहिलो क्वालिफायरमा चौराहासंगै पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको थियो । बिहिबार भएको दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेडलाई विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । काठमाडौँका खेलाडीहरु सर्वाधिक रनकर्ता र विकेट लिनेको सुचिमा अग्रपंक्तिमामा  रहेका छन् ।

कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २ सय १८ रन प्रहार गरेका छन् भने राम्रो लयमा देखिएका ओपनर अमित श्रेष्ठ १ सय ८४ रन बनाउँदै सूचीमा तेस्रो स्थानमा छन् । काठमाडौँका भारतीय खेलाडी सन्नी पटेल १२ विकेट लिंदै सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा छन् भने उदयीमान युवा बलर रसिद खानले ११ विकेट लिदै सूचीमा तेस्रो स्थानमा छन् 

पहिलो चरणको अन्तिम खेलमा मात्र प्लेअफ पक्का गरेको चौरहाले क्वालिफायरमा काठमाडौँलाई १ विकेटले पाराजित गर्दै फाइनल पक्का गरेको हो । प्रतियोगितामा घरेलु टोली चौराहाका लागि ललित सिंह भण्डारीले सर्वाधिक ११ विकेट लिएका छन् भने युएईका कप्तान रोहन मुस्तफाले पनि उत्कृष्ट बलिङ् गर्दै ७ विकेट लिएका छन् । टोलीका लागि ब्याटिङ् तर्फ सुनिल धमलाले सर्वाधिक १ सय ५१ र मुस्ताफाले १३८ रनको योगदान गरेका छन् ।

यि दुई टोली यस प्रतियोगितामा यस अघि दुई पटक आमने सामने भैसकेका छन् । समुह चरणको खेलमा काठमाडौँ गोल्डेन्स ७ विकेटले विजयी भएको थियो भने पहिलो क्वालिफायरमा टिम चौराहा धनगढी १ विकेटले जित हासिल गरेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.