default_image

8 years ago

April 13, 2018

दोस्रो डिपिएलको उपाधि टिम चौराहा धनगढीलाई

116 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– साविकको विजेता टिम चौराहा धनगढी दोस्रो संस्करणको डिपिएल–२ को च्याम्पियन बनेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टिम चौराहा धनगढी लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । खेलको म्यान अफ द म्याच चौराहाका लागि अलराउन्ड प्रदर्शन गरेका रोहन मुस्तफा घोषित भए ।

तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद

टिम चौराहा धनगढीले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० बनायो । काठमाडौंका लागि ओपनर ब्याट्सम्यान अमित श्रेष्ठले सर्वाधिक ५८ रन बनाएपनि टिमलाई जिताउन सकेन । ३८ बल खेलेका अमित श्रेष्ठले ३ छक्का र ७ चौका प्रहार गरे । टिम कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । २७ बल खेलेका मल्लले २ छक्का र १ चौका प्रहार गरे ।

पुष्प थापा १५ रनमा शम्साद शेखको बलमा बोल्ड आउट भए । अमित र पुष्पले दोस्रो विकेटको लागि ५४ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । त्यसपछि ब्याटिङमा आएका मल्ल र नरेश बुढाऐरले चौथो विकेटको लागि ३६ रनको साझेदारी गर्दै टिमको इनिङ्स सम्हाल्ने कोसिस गरेका थिए । नरेश बुढाऐर १९ रनमा क्याच आउट भए । सन्नी पटेल २२ रनमा बनाए । रसिद खान २ रनमा आउट भए । भुपेन्द्र थापा शुन्य रनमा आउट भए । सन्तोष भट्ट र ललित नारायण राजवंशीले ओपनर ब्याट्सम्यान सुवोध भाटी ५ रनमा आउट भए ।

धनगढीका ललितसिंह भण्डारीले ३ विकेट लिए । उत्कृष्ट बलिङ गरेका ललितले ४ ओभरमा २२ रन खर्चे । रोहन मुस्ताफाले २ तथा शम्साद शेख र योगेन्द्रसिंह कार्कीले समान १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाए र १ सय ८१ रनको योगफल तयार पार्यो । धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ७८ रन बनाए । ६३ बल खेलेका धमलाले ८ चौका र ३ छक्का प्रहार गरे । अर्का ब्याट्सम्यान रोहन मुस्ताफाले ६० रन बनाए । ४२ बल खेलेका रोहनले समान ४ छक्का र प्रहार गरे । १२ रन जोड्दा पहिलो विकेट गुमाएको धनगढीको इनिङ्स सुनिल र रोहनले सम्हालेका थिए ।

सुनिल र रोहनले दोस्रो विकेटको लागि ९० बलमा १ सय ४२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । ओपनर ब्याट्सम्यान अस्फाक एहमेद ४ रनमा आउट भए । कप्तान सोमपाल कामी ८ रनमा नटआउट रहे । सोनु तामाङ शुन्य रनमा आउट भए । राजेश पुलामी शुनय रनमा क्रिजमा रहे । काठमाडौंका सुवोध भाटीले दुई विकेट लिए । सन्नी पटेलले १ विकेट लिए ।

च्याम्पियन बनेको घरेलु टोली टिम चौराहा धनगढीले २५ लाख रुपैयाँ प्राप्त गरे । दोस्रो भएको काठमाडौं गोल्डेन्सले १० लाख रुपैया प्राप्त गर्यो । तेस्रो भएको महेन्द्रनगर युनाइटेडले ३ लाख तथा चौथो भएको सिवाइसी अत्तरियाले २ लाख रुपैया प्राप्त गरे । । चैत १७ गतेबाट शुरु भएको राउन्ड रोविन लिगको आधारमा भैरहेको प्रतियोगितामा विभिन्न ६ टिमले सहभागिता जनाएका थिए ।

Chauraha

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.