default_image

8 years ago

April 19, 2018

नेपालगन्ज कपमा बर्दिया र रोल्पाको जित

134 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– आशिर्वाद पेन्ट्स नेपालगन्ज टि ट्वान्टी क्रिकेट प्रतियोगितामा बिहिबिार अर्घाखाची सिमेन्ट्स बर्दिया टाइगर्स र पप्पु न्सट्रक्सन रोल्पा गोरिल्लाज विजयी भएका छन् । बर्दियाले आर्शिवाद पेन्ट्स पाल्पा योद्धाजलाई ८ रनले हरायो भने रोल्पाले जिसान बाँके ब्लास्टरमाथि ७९ रनको जित हासिल गरेको छ ।

पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । टोलीका लागि सुवेन्दु पाण्डेले सर्वाधिक ३६ रन बनाए । ३६ बल खेलेका सुवेन्दुले ४ चौका र १ छक्का प्रहार गरे । विश्वास श्रेष्ठले अविजित २१ रन , आकाश बिष्टले १८ र नवीन ओलीले १७ रन बटुले । पाल्पा योद्धाजका विजय चौधरीले २, अमित तामाङ, भिम धमला र यस हमालले समान १ विकेट लिए ।

जवाफमा १ सय ४२ रन लक्ष्य पछ्याएको पाल्पाले ८ विकेटको क्षतिमा १ सय ३३ रन मात्र बनाउन सक्यो । अनुपम सिंहले अविजित ४४ रन तथा प्रनित थापाले ३९ रन बनाए । अनुपमले ३७ बलमा १ छक्का र ६ चौका प्रहार गरे । प्रनितले ३१ बलमा ५ चौका र १ प्रहार गरे । बर्दियाका राजवीर सिंह, अविनाश बोहारा र भरत थापाले समान २ विकेट लिए । बर्दियाका सुवेन्दु खेलको म्यान अफ दी म्याच घोषित भए ।

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको रोल्पाले ३ विकेट गमाुएर १ सय ७२ रन बनाएको थियो । ओपनर सौरभ खनालले अर्ध पुरा गरे । ४५ बल खेलेका सौरभले ६ चौका र २ छक्का मद्दतले ५३ रन जोडे । सौरभले पहिलो विकेटका लागि आकाश थापासंग ९५ रनको साझेदारी गरे । भीम सार्कीले अविजित ४६ रन जोडे । १४ बलमा भीमले ६ चौका र ३ छक्क प्रहार गरे । सम्सुदीन अन्सारीले अविजित २३ रन जोडे । बाँकेका सोनु तामाङ र अख्तर हुसेनले समान १ विकेट लिए ।

१ सय ७२ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको बाँकेले राम्रो सुरुआत गर्न सकेन । टोलीका अजय सहानीले २० रन,महेश क्षेत्रीले १७ रन र सोनुले १६ रन जोडे । रोल्पका विनोद लामाले ३, आकाश थापा र मेराज अन्सारीले समान २ विकेट लिए । रोल्पका सौरभ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल अर्घाखाची र एनआइसी एसिया दंगाली गोर्खाज तथा पाल्पा र रोल्पाबीच प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.