default_image

8 years ago

April 22, 2018

दिल्लीको अर्को हार, सन्दीपले अझै मौका पाएनन्

143 views

0 Bookmark

बैंगलुरु (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा शनिबार दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको छ । पाँचौं खेलमा बैंगलोरको यो दोस्रो जित हो ।

नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीको भने पाँचौं खेलमा यो चौथो हार हो । दिल्लीको पाँचौं खेलमा पनि सन्दीपले मौका पाएनन् । १ सय ७५ रनको लक्ष्य पछ्याएको बैंगलोरले एबी डि भिलियर्सको उच्च प्रदर्शनपछि २ ओभर अघिनै ४ विकेटको क्षेतिमा १ सय ७६ रन बनाउँदै जित हासिल गरेको छ ।

डी भिलियर्सले ३९ बलमा अविजित ९० रन बनाउँदै टोलीलाई सानदार जित दिलाएका थिए । ३९ बल खेलेका उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । मन्दीप सिंहले अविजित १७ रन बनाउँदै डी भिलियर्सलाई साथ दिएका थिए ।

कप्तान विराट कोहलीले २६ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाए भने क्विन्टन डी ककले १८ र कोरे एन्डरसनले १५ रन बनाए । दिल्लीका ट्रेन्ट बोल्ट, ग्लेन म्याक्सवेल र हर्सल पटेलले समान १ विकेट लिए ।

त्यसअघि रिसव पन्त र श्रेयस ऐयरको अर्धशतकको मद्दतमा दिल्लीले निर्धारित २० ओभरमा १ सय ७४ रन बनाएको थियो । रिसवले ४८ बलमा ६ चौका र ७ छक्काका साथ ८५ रन जोडे । श्रेयसले ३१ बलमा ४ चौका र ३ छक्कासहित ५२ रन बनाए । राहुल टेवाटियाले अविजित १३ रन थपे ।

बैंगलोरका युजभेन्द्र चाहालले २ तथा उमेश यादव, वासिङटन सुन्दर र कोरे एन्डरसनले समान १ विकेट लिए । बैंगलोरका डी भिलियर्स म्यान अफ दी म्याच घोषित भए । आइपिएलमा आइतबार सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्स तथा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.