default_image

8 years ago

April 22, 2018

लुम्बिनी यात्रिजको नेपालगन्ज क्रिकेट कपमा पहिलो हार: रोल्पा गोरिल्लाज ४ रनले विजयी

126 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्जमा जारी नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको सातौँ दिनको पहिलो खेलमा लुम्बिनी यात्रिजलाई  ४ रनले पराजित गर्दै रोल्पा गोरिल्लाजले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।  गोरिल्लाजका लागि २३ रन प्रहार गर्दै २ विकेट समेत लिएका भिम सार्की खेलको म्यान अफ द म्याच घोषित भए  ।

१ सय ४२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा लुम्बिनी यात्रिजले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाएर विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो । यात्रिजका लागि  कृष्ण कार्कीले ३० बलमा सर्वाधिक ३५ रन प्रहार गरे । अन्य    ब्याट्सम्यानहरु बिशाल खत्रीले २८ बलमा २० , कुशल मल्लले १४ बलमा २०, अफाक शेखले ४ बलमा ४, बाशिर अहमदले २० बलमा २४, मनोज यादवले ४ बलमा १, सोम शर्माले ८ बलमा ३ रन  र निजामुदिन हालवाईले १० बलमा १० रन प्रहार गरे भने कुनै बल नखेलेका सुनिल सुनार नटआउट रहे।

रोल्पा गोरिल्लाजका लागि वसन्त कार्की र भिम सार्कीले २-२ विकेट लिए भने नन्दन यादव, विनोद लामा र आकाश थापा पनि १-१ विकेट लिन सफल रहे ।

त्यसअघि टस जितेर ब्याटिङ् गर्ने निर्णय लिएको गोरिल्लाजले निर्धारित २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १ सय ४१ बनाउन सफल भयो। गोरिल्लाजका लागि नन्दन यादबले ३५ बलमा ४० रनको पारी खेले । उनले २४ बलमा २७ रन प्रहार गरेका सौरभ खनालसँग मिलेर सुरुआति   विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । गोरिल्लाजका लागि आकाश थापाले १८ बलमा २९, भिम शार्कीले २० बलमा २३ र प्रतिक गिरीले ६ बलमा १ रनको योगदान गरे भने  रमेश सिंह १२ बलमा १५ र सुमन डाँगी १ बलमा १ रन प्रहार गर्दै नटआउट रहे ।

लुम्बिनी यात्रिजका लागि सोम शर्माले ३ विकेट लिए भने कृष्ण कार्की, बाशिर अहमद र निजामुदिन हलवाई १-१ विकेट लिन सफल भए । यस नितिजा पश्चात फाइनल पग्ने टोलीको टुंगो लाग्न  भोलि हुने समुह चरणको अन्तिम दिनको खेलहरु नै कुर्न पर्ने भएको छ ।  प्रतियोगितामा गोरिल्लाजले ५ खेलमा ४ जित हात पारेको छ भने दंगाली गोर्खाज र लुम्बिनी यात्रिजको समान ४ खेलमा ३ जित रहेको छ 

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.