8 years ago
April 22, 2018
हैदराबाद (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा उच्च प्रदर्शनलाई जारी राख्ने क्रममा आइतबार सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
जितसँगै चेन्नई पुनः शीर्षस्थानमा उक्लेको छ । पाँच खेलमा टोलीको त्यो चौथो जित हो । पाँच खेलमा हैदाराबादको त्यो दोस्रो हार हो । चेन्नई र दोस्रो स्थानको किङ्स ११ पञ्जाबको समान ८ अंक छ । तेस्रो स्थानको कोलकाता नाइट राइडर्स, हैदराबादको समान ६ अंक छ ।
१ सय ८३ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ बनाएको थियो । टोलीका काने विलियम्सले अर्धशतक पुरा गरे भने युसुफ पठानले ४५ रन जोडे । सकिब अल हसनले २४ रन र रसिद खानले अविजित १७ रन बनाएका थिए ।
अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । विलियम्सनले ५१ बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ८४ रन जोडे । २७ बल खेलेका युसुफले ४ छक्का र १ चौका प्रहार गरे । मात्र ४ बलमा रसिदले २ छक्का र १ चौका प्रहार गरे । चेन्नईका दीपक चाहरले ३ तथा सर्दुल ठाकुर, कर्ण शर्मा र ड्वान ब्राभोले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले अम्बाटी रायडु र सुरेश रैनाको अविजित अर्धशतकसँगै ३ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । रायडुले ७९, रैनाले ५४, कप्तान महेन्द्र सिंह धोनीले अविजित २५ र फा डु प्लिसिसले ११ रन जोडेका थिए । रायडुले ३७ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरे ।
रैनाले ४३ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । १२ बल खेलेका धोनीले ३ चौका र १ छक्का प्रहार गरे । हैदराबादका लागि भुवनेश्वर कुमार र रसिद खानले समान १ विकेट लिए । आइपिएलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]