default_image

10 years ago

January 28, 2016

आज यु–१९ विश्वकप क्रिकेटमा नेपाल न्यूजिल्यान्डसँग भिड्दै

176 views

0 Bookmark

काठमाडौं, माघ १४ ।

बंगलादेशमा बुधबारबाट शुुरु भएको आइसिसी यु–१९विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसाग प्रतिस्पर्धा गर्दैछ ।

team nepal worldcup

बंगलोदशको ढाकास्थित फातुल्हा क्रिकेट मैदानमा हुने खेलमा नेपाल राजु रिजालको कप्तानीमा मैदान उत्रदा सकारात्मक नजिताको खोजिमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजेपछि सुरु हुनेछ ।  समुह ‘डी’ रहेको नेपालले समुह चरणको दोस्रो खेलमा शनिबार आयरलयाण्ड तथा सोमबार हुने तेस्रो खेलमा तीन पटकको विजेता भारतसाग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकपलाई लक्षित गरेर नेपाली टोलीले भारतमा दुई साता लामो प्रशिक्षण गरेको थियो । भारत भ्रमणमा नेपाललले अफगानिस्तानसाग अभ्यास खेल खेलेको थियो । दुबै अभ्यास खेलमा नेपाल पराजित भएको थियो । अर्काे दुई अभ्यास (पाकिस्तान, श्रीलङ्का)सागको खेलमा नेपालले हार बेहोरेको थियो ।

सन् २००० मा पहिलोपल्ट यु–१९ विश्वकप खेलेको नेपालले सन् २००६ मा न्युजिल्यान्डलाई पराजित गर्दै प्लेट च्यापियन बनेको थियो ।
गत अक्टोबरमा मलेसियामा भएको विश्वकप छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपाल आयरल्यान्डलाई पराजित गर्दै छनोट भएको हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.