8 years ago
May 6, 2018
मुम्बई (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार कोलकाता नाइट राइजर्सलाई हराउँदै अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । समान १० अंक भएका कोलकाता तेस्रो र किङ्स ११ पञ्जाब चौथो स्थानमा छ । समान १४ अंक भएका मध्ये सनराइजर्स हैदरावाद शीर्षस्थान र चेन्नई सुपर किङ्स दोस्रो स्थानमा छ ।
१ सय ८२ को लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षेति १ सय ६८ रनमा रोकिएको थियो । टोलीका लागि रोबिन उथप्पाले अर्धशतक पुरा गरेका थिए भने कप्तान दिनेश कार्तिकले अविजित ३६ रन बटुलेका थिए । त्यस्तै नितेश राणाले ३१ र ओपनर क्रिस लेनले १७ रन जोडेपछि जितका लागि पर्याप्त भएन ।
उथप्पाले ३५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । कार्तिकले २६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । मुम्बईका लागि हार्दिक पाण्डेयले २, मिचेल म्याक्लिघान, जसप्रित बुम्राह, कुर्नाल पाण्डेय र मयंक मार्कन्डेले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले ओपनर सूर्यकुमार यादवको अर्धशतकसँगै ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । सूर्यकुमारले ५९ रन बनाए । उनले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर इभिन लेविसले २८ बलमा ५ चौका र २ छक्काका साथ ४३ रन जोडे ।
सूर्यकुमार र लेविसले पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए । हार्दिकले अविजित ३५ रन जोड्ने क्रममा २० बलमा ४ चौका र १ छक्का प्रहार गरे । कुर्नालले १४, जेपि डुमिनीले अविजित १३ र कप्तान रोहित शर्माले ११ रन बनाएका थिए । कोलकाताका सुनिल नारिन, आन्द्रे रसलले समान २ विकेट लिए । आइपिएलमा अहिले किङ्स ११ पञ्जाबविरुद्ध राजस्थान रोयल्सले ब्याटिङ गरिरहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]