8 years ago
May 8, 2018
हैदराबाद (एजेन्सी)– शीर्षस्थानको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ रनले हराएको छ । १ सय ४७ रनको विजय लक्ष्य पछ्याएको बैंगलोरले ६ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो ।
हारपछि बैंगलोरको शीर्ष ४ मा पर्ने सम्भावना कमजोर भएको छ । १० खेलमा ८ खेल जितेको हैदराबादको १६ अंक पुगेको छ । अन्तिम बलमा जितका लागि ६ रनको आवश्यकता रहेको अवस्थामा भुवनेश्वर कुमारले कोलिन डी ग्रान्डहोमेको विकेट लिएपछि हैदराबाद विजयी भएको थियो ।
कप्तान विराट कोहलीले ३९, ग्रान्डहोमले ३३, मन्दीप सिंहले अविजित २१, पार्थिव पटेलले २० र माइन अलिले १० रन जोडे । हैदराबादका सकिब अल हसनले २, सन्दीप शर्मा, भुवनेश्वरकुमार, सिद्धार्थ काउल र रसिद खानले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको हैदराबाले काने विलियम्सनको अर्धशतकसँगै निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४६ रनको मध्यम स्कोर बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गरेका विलियम्सन र पाँचौ नम्बरमा ब्याटिङ गरेका सकिब अल हसनबाहेक टोलीका अन्य कुनै पनि ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।
३९ बल खेलेका विलियम्सनले ५ चौका र २ छक्कासहित ५६ रन बनाए । सकिबले ३२ बलमा ५ चौकासहित ३५ रन जोडे । ओपनर शिखर धवनले १३ र युसुफ पठानले १२ रन बटुले । बैंगलोरका लागि टिम साउथी, मोहम्मद सिराजले समान ३, उमेश यादव र युजभेन्द्र चाहलले समान १ विकेट लिएका थिए ।
आइपिएलमा मंगलबार राजस्थान रोयल र किङ्स ११ पञ्जाबले बीच प्रतिस्पर्धा हुनेछ । पञ्जाब १२ अंकसहित तेस्रो र राजस्थान ६ अंकसहित पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]