8 years ago
May 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ अन्तर्गत आज राति फिरोज शाह कोट्ला स्टेडियममा चेन्नाई सुपर किङ्स र दिल्ली डेयरडेभिल्स भिड्ने छन् । सो खेल नेपाली समयअनुसार ८.१५ बजे सुरु हुने छ ।

चेन्नाई १२ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अाजको खेल जित्न सके चेन्नाई शीर्ष २ मा रहने पक्का हुनेछ । अर्कोतर्फ अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्ली भने तालिकाको अन्तिम स्थानमा रहेको छ । १२ खेलबाट दिल्लीको केवल ६ अंक रहेको छ ।
यस भन्दा अघिल्लो खेलमा पहिले ब्याटिङ गर्दै १ सय ८१ रन जोड्न सफल रहे पनि दिल्ली रोयल च्यालेन्जर्स बेंग्लौरसँग हार्न पुगेको थियो । सो खेलमा दिल्लीका लागि नेपाली स्पिनर सन्दिप लामिछानेले डेब्यु गर्दै प्रभावकारी प्रदर्शन गरेका थिए । उनले भारतीय ब्याट्सम्यान पार्भिव पटेलको विकेट लिँदै ४ ओभरमा केवल २५ खर्चेका थिए ।
सुरुवाती ११ मा केवल ४ विदेशी खेलाडी राख्ने नियम भएकाले पहिलो ११ खेलमा सन्दिपलाई सुरुवाती ११ मा स्थान बनाउन मुस्किल भएको थियो । तर बैंग्लोरविरुद्धको राम्रो प्रदर्शनपछि उनले फेरी टोलीमा स्थान बनाउने लगभग पक्का रहेको छ ।
सन्दिपसँगै साउथ अफ्रिकी खेलाडी जुनियर डालाले पनि अघिल्लो खेलमा डेब्यु गरेका थिए । तर उनले आफ्नो ३ ओभरमा ३४ रन खर्चेका थिए । त्यसैले आज दिल्ली आफ्नो टोलीमा हेरफेर गर्न खोज्नेछ भने डालाको विकल्प हेर्न सक्ने छ ।
विश्वका दुई उत्कृष्ट खेलाडी विराट कोहली र एबी डि भिलियर्सलाई बलिङ गरेका सन्दिपले आजको खेलमा महेन्द्र सिंह धोनी, शेन वाट्सन र सुरेश रैनाजस्ता विश्वस्तरिय खेलाडीलाई बलिङ गर्न सक्ने छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]