default_image

10 years ago

January 30, 2016

आयरल्याण्डमाथि नेपालको शानदार जित

179 views

0 Bookmark

काठमाडौं  माघ १६ । बंगलादेशमा जारी आईसिसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आयरल्याण्ड माथि ८ विकेटको शानदार जित हात निकालेको छ ।

Nepal cricket

लगातार दोस्रो जित निकालेसंगे नेपाल दोस्रो चरणको  नजिक पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डलाई ३२ रनले पराजित गरेको थियो ।

आयरल्याण्ड दिएको १३२ रनको झिनो चुनौती नेपालले २५.३  ओभरमा दुइ विकेट गुमाउदै पुरा गर्यो  । नेपालको जितमा योगेन्द्र सिंह कार्कीले नट आउट ६१ तथा आरिफ सेखले ३१ रनको परि खेले । यस आघि ओपनर सन्दिप सुनार सुन्य रनमा तथा सुनिल धमला २८ रनमा आउट हुदा नेपाललाई दबाब बढेको थियो । त्यसपछि तेस्रो र चौथो नम्बरमा ब्याटिंग गर्न आएका योगेन्द्र सिंह कार्की र आरिफ सेखले तेस्रो विकेटको लागि ७७ रनको साझेदारी गर्दै नेपाललाई लगातार दोश्रो जित दिलाए  । आयरल्याण्डका ग्यारी र जोसुवा ले एक-एक विकेट लिए ।

बंगलादेशको फतुल्लाह क्रिकेट मैदानमा भएको खेलमा फेरि एकपटक नेपालका बलरहरु चम्केपछि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३१ रन मात्र जोड्न सक्यो ।

आयरल्याण्डका ज्याक हेक्टरले अविजित ३० रन जोडे । यस्तै हेरी टेक्टरले २७ रन जोड्नु बाहेक आयरल्याण्डका अन्य ब्याट्सम्यान नेपाली बलरसामु निरिह नै देखियो । नेपालका लागि सनिदप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिए । यस्तै दिपेनद्र ऐरीले दुई तथा सुशिल कंडेल र सुनिल धमलाले समान एक–एक विकेट लिए ।

अर्को खेलमा भारत न्यूजिल्याण्डलाई हराए नेपाल समूह चरणको अन्तिम खेल अघि क्वार्टरफाइनलमा पुग्नेछ ।

समूह चरणको अन्तिम खेलमा सोमबार नेपालले भारतसँग खेल्नुपर्नेछ ।

 

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.