8 years ago
May 20, 2018
दिल्ली (एजेन्सी) – भिभो आइपिएल २०१८ अन्तर्गत अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।
पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो चौथो बलमा विकेट लिएका छन् । सन्दीपले सुर्य कुमार यादवको विकेट लिन सफल भए । उनले आफ्ना अघिल्लो दुई खेलमा पनि १-१ विकेट लिन सफल भएका थिए ।
पहिलो दुई बलमा छक्का र चौका खाए पनि तेस्रो बलमा सन्दीप विकेट लिन नजिक पुगेका थिए । चौथो बलमा भने सुर्यकुमारलाई उनले क्याच-आउट पार्न सफल भए । पहिलो ओभरमा उनले १३ रन खर्चे ।
मुम्बई १ सय ७५ रनको लक्ष्य पछ्याई रहेको छ । अन्तिम ४ मा पुग्न आज मुम्बईलाई जित्नै पर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]