8 years ago
May 20, 2018
दिल्ली (एजेन्सी) – भिभो आइपिएल २०१८ अन्तर्गत अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्दै छन् । दिल्लीका लागि अमिता मिश्र र सन्दीपले ३-३ विकेट लिएका छन् ।
पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो चौथो बलमा विकेट लिएका थिए । पहिलो र दोस्रो बलमा चौका र छक्का खाए पनि चौथो बलमा सन्दीपले सुर्यकुमार यादवको विकेट लिन सफल भए । आफ्नो दोस्रो स्पेलको पहिलो बलमै उनले विश्व क्रिकेटका आक्रामक ब्याट्सम्यान केरन पोलार्डको विकेट लिए ।
आफ्नो दोस्रो ओभरकै चौथो बलमा उनले क्रुनल पाण्डेयलाई आउट पारे । सन्दीपको तीनै विकेट क्याच आउटमार्फत भएको हो । आफ्नो तेस्रो ओभरमा भने सन्दीप केही महँगो सावित हुँदै १३ रन दिन पुगे ।
मुम्बई १ सय ७५ रनको लक्ष्य पछ्याइरहेको छ । अहिले मुम्बईको १५ ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन रहेको छ । प्ले-अफमा छनोट हुन मुम्बईलाई आज जित्नै पर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]