default_image

8 years ago

May 21, 2018

पारसले प्रधानमन्त्री कप नखेल्ने

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अर्को साता सुरु हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । प्रधानमन्त्री कप जेठ १३ गते राजधानीमा सुरु हुँदैछ । व्यक्तिगत कारणले देश बाहिर हुने भएकाले प्रधानमन्त्री कप नखेल्ने पारसले हाम्रो खेलकुदलाई बताए ।

Paras Khadka

‘पहिला देखि नै बाहिर जाने तय थियो । फेरि यो प्रतियोगिताका बारेमा धेरै पछि मात्र थाहा पाए,’ उनले भने, ‘त्यसले यसपटक म खेल्दिन ।’ यदि स्वदेशमै रहेको अवस्थामा भने प्रदेश ३ बाट खेल्ने बढी सम्भावना रहेको पनि उनले बताए ।

‘एपीएफसँगको सम्झौता झन्डै डेढ बर्षअघि नै सकिएको थियो,’ गत साता पल्सर स्पोर्टस अवार्डको उत्कृष्ट खेलाडी पुरुष घोषित भएका उनले भने, ‘यस्तो अवस्थामा आफु रहेकै प्रदेशको टोलीबाट खेल्थे होला ।’ अघिल्लो संस्करणको प्रधानमन्त्री कपमा चोटका कारण पारस मैदान बाहिर रहेका थिए । त्यसबेला ज्ञानेन्द्र मल्लको कप्तानीमा एपीएफले जुनियर टोली उतारेको थियो । शक्ति गौचन, वसन्त रेग्मी लगायतका खेलाडीले पनि एपीएफबाट खेलेका थिएनन् ।

पारसले ५० ओभरको खेल हुनुलाई क्रिकेट विकासका लागि राम्रो कदम भएको बताए । ‘टि ट्वान्टीका खेल भइरहेका छन् ,’ उनले भने, ‘एक दिवसिय हुनु क्रिकेट विकासका लागि राम्रो प्रयास हो । ‘ नेपालले वान डे अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेसँगै घरेलु क्रिकेटमा पनि यस्ता प्रतियोगिता हुनुपर्नेमा उनले जोड दिए ।

Paras Khadka

फाइल तस्विर

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपालय इन्टरनेशनलको ब्यवस्थापनमा प्रधानमन्त्री कप जेठ १३ गते कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । सात प्रदेश र ३ विभागिय टोली गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । त्रिभुवन आर्मी क्लब, एपिएफसहित समूह ‘ए’ मा प्रदेश नम्बर १, २ र ४ छन् भने नेपाल पुलिस क्लब प्रदेश नं ३,५, ६ र ८ समूह ‘बी’मा छन् । प्रतियोगिताको उद्घाटन खेल एपिएफ र प्रदेश नं ४ बीच हुनेछ ।

प्रधानमन्त्री कपको विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, म्यान अफ द सिरिजलाई १ लाख, उत्कृष्ट व्याट्स्म्यान र बलरलाई समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उदयीमान खेलाडीलाई १५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.