7 years ago
June 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)– वाइवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले कागेश्वरी मनोहरा यु –१६ टि–२० सान क्रिकेट कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा नेक्सस क्रिकेट एकेडेमीमाथि ५ विकेटको जित निकाल्दै ग्रेट हिमालय च्याम्पियन बनेको हो ।
वर्षाका कारण १० ओभरमा घटाएउको खेलमा नेक्ससले दिएको ४५ रनको लक्ष्य ग्रेट हिमालयले ९.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । ग्रेट हिमालयका विवेक यादवले १६ र अभिषेक थापाले १५ रन जोडे । नेक्ससका सुभाष बिक, तृतराज दास, आविष्कार जोशी र चिराग शाहीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले ९.४ ओभरमा सबै विकेट गुमाएर ४४ रनमात्र बनाउन सक्यो । नेक्ससका शाहिल पटेलले ११ जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेन । ग्रेट हिमालयका विवेक यादव र अभिषेक थापाले समान २ विकेट लिए । राम सुरत यादव, पियुस केसी र विज्ञान गौतमले समान १ विकेट लिए । ग्रेट हिमालयका विवेक यादव म्यान अफ दि म्याच घोषित भए ।
ओएसिसका सचिन शर्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । ओएसिसका आशिष भट्टराई बेष्ट ब्याट्सम्यान र एन्जल्स स्पोर्टस्का किशोर बोगटी बेष्ट बलर र बालुवाटार क्रिकेट क्लबका प्रतिक पण्डित इमर्जिङ खेलाडी घोषित भए । कागेश्वरी मनोहरा नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको विजेता ग्रेट हिमालयले ३० हजार र नेक्ससले २० हजार रुपैया प्राप्त गरे ।
विजयी टिम तथा खेलाडीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर विन्दु सिंखडा, राष्ट्रिय खेलकुद परिषदका सदस्य उपेन्द्र पौडेल, राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटालगायतले पुरस्कृत गरे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]