7 years ago
June 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य युवा लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० क्रिकेट लिग खेल्नका लागि शुक्रबार क्यानडा प्रस्थान गरेका छन् ।
सन्दीप क्यानेडियन लिग ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताका लागि आज भारतको नया दिल्ली हुदै क्यानडा जान लागेका हुन् । उनी शनिबार बिहानै क्यानडा पुग्नेछन् । सन्दीपले मोन्ट्रेल टाइगर्सबाट खेल्नेछन् । । तर, उनले प्रतियोगिताको पहिलो खेल भने गुमाउने छन् ।
सन्दीप सम्मिलित टिममा वेष्ट इण्डिजका क्रिस गेल, सुनिल नारन, श्रीलंकाका लाथिस मालिंगा र थिसरा परेरा, पाकिस्तानका मोहम्मद हाफिज र अष्ट्रेलियाका स्टिभ स्मिथ विश्वस्तरका खेलाडीहरु रहेका छन् । दिल्ली डेयरडेभिल्सबाट गत अप्रिल र मे महिनामा आईपीएल खेलेका सन्दीपले आगमी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) पनि खेल्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]