default_image

7 years ago

July 9, 2018

सन्दीपको क्यानाडामा उत्कृष्ट प्रदर्शन कायम, लिए २ विकेट

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल टि-२० क्यानाडा अन्तर्गत मोन्ट्रियाल टाइगर्स र टोरन्टो नसनल्सको रोमाञ्चक खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् । सन्दीपको उत्कृष्ट प्रदर्शन बावजुद उनको टोली अन्तिम बलमा १ विकेटले पराजित हुन पुग्यो ।

पहिले ब्याटिङ गर्दै सन्दीपको टोली मोन्ट्रियाल टाइगर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाउन सफल रह्यो । जवाफमा टोरन्टोले पुरा २० ओभर खेल्दै १ सय ७९ रन जोडेको हो ।

अन्तिम बलमा मोन्ट्रियाललाई १ विकेट अथवा डट बल चाहिएको थियो भने टोरन्टोलाई २ रन । टोरन्टोले अन्तिम बलमा चौका प्रहार गर्दै जित हांसिल गर्न पुग्यो ।

सन्दीपको प्रदर्शन पुन: उत्कृष्ट रह्यो । ४ ओभर बलिङ गरेका सन्दीपले ३४ खर्चिंदै २ विकेट लिए । उनले ११ डट बल पनि फालेका थिए । उनले मोन्ट्रियालमा लसिथ मलिङा, पिटर सिडल र सुनिल नारानजस्ता अनुभवी बलरलाई बलिङ अट्याकमा साथ दिइरहेका छन् ।

आफूले खेलेका अघिल्ला ३ खेलमा पनि सन्दीपले १-१ विकेट लिएका थिए । १ खेल कम खेलेर पनि प्रतियोगितामा सर्वाधिक विकेट लिने सुचीमा उनी १० औं स्थानमा रहेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.