7 years ago
July 12, 2018
सप्तरी (हाम्रो खेलकुद) – बोदे बर्साइन थन्डरले प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
सप्तरी क्रिकेट संघको आयोजनामा बिहिबारबाट सुरु भएको प्रतियोगितामा बोदे बर्साइन थन्डरले तिलाठी कोइलाडीलाई ४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
राजविराज नगरपालिका पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा बर्साइन थन्डरले दिएको ८७ रनको लक्ष्य पछ्याएको तिलाठीले निर्धारित २० ओभरमा ८२ रनमात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा जितको लागि २४ रन आवश्यक रहँदा तिलाठी कोइलाडीका ब्याट्सम्यान विकास दासले लेग स्पिनर विक्रम भुसालको पहिलो २ बलमा तथा ओभरको चौथो बलमा छक्का प्रहार गर्दै खेल रोमान्चक बनाइदिएका थिए ।
अन्तिम २ बलमा ६ रन आवस्यक रहँदा पाँचौ बलमा रन बनेन भने अन्तिम बलमा विकासले १ रन मात्रै बनाउन सक्दा मेहबुब आलम कप्तानीको टिमले हार बेहोर्न बाध्य भयो । तिलाठीका ब्याट्सम्यान विकास दासले अविजित २४ रन तथा मिनास थापाले १५ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बर्साइनले १९ ओभर १ बलमा सबै विकेट गुमाएर ८६ रन बानाएको थियो । उसका लागि रोहन बिकले सर्वाधिक १८ रन तथा सन्दिप ढुंगानाले १३ रन बनाए । तिलाठीका बलर घनश्याम साहले ४ विकेट तथा दिब्यान्शु मालिक र मेहबुब आलमले समान २ विकेट लिए ।
बर्साइनका नन्दन झा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ४ विकेट लिएका थिए । उनलाई राजबिराज नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले १ हजार ५ सय प्रदान गरे ।
प्रतियोगिताको शुक्रबार लोहनी कप्तानीको बोदे बर्साइन थन्डर र हसिम अन्सारी कप्तानीको बजाज खडक वारियार्स प्रतिस्पर्धा गर्नेछन् । ३ टिम सहभागी प्रतियोगिताको खेलाडीहरु अक्सन मार्फत चयन गरिएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]