7 years ago
July 13, 2018
सप्तरी (हाम्रो खेलकुद) – बजाज खडक वारियर्सले राजविराजमा जारी मेयर कप सप्तरी प्रिमियर लिगमा विजयी शुरुवात गरेको छ ।
लिग अन्र्तगत विजयी शुरुवात गर्ने क्रममा बजाजले बोदे बर्साइन न्डर्सलाई २ विकेटले पराजित गर्न सफल भयो । पब्लिक विन्देश्वरी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनाएको थियो । उसका लागि अमित दासले २३ तथा बिक्रम भुसालले अविजित २२ रन योगदान दिए । बजाज खडकका बलर गोमनन्द अमात्य, पुस्प थापा र हशिम अन्सारीले समान २ विकेट लिए ।
१ सय २ रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले १९.३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो । १७ ओभरमा ९९ रनमा ६ विकेट गुमाएको अवस्थामा जितबाट मात्र ३ रन टाढा रहँदा श्रवन यादवले १८ औं ओभरमा २ रन मात्रै खर्चेर २ विकेट लिए पछि खेल रोमान्चक मोडमा पुगेको थियो ।
अन्तिम २ ओभरमा जितको लागि १ रन मात्रै बाँकी रहंदा १९ औं ओभरमा सन्दिप ढुंगानाले कुनै पनि रन नदिएपछि खडक वरियर्स दबाबमा परेको थियो । अन्तिम ओभरमा बलिङ गर्न आएका रोहित सिंहले पहिलो २ बलमा रन नदिँदा खेल झनै रोमान्चक स्थितिमा थियो तर उपेन्द्र रोयले वरियर्सको जितको पर्खाइ लम्ब्याएनन् । तेश्रो बलमा कभर ड्राइभ गरेर १ रन लिंदै उनले टिमलाई रोमान्चक जित दिलाए ।
बजाज खडक वारियर्सको लागि म्यान अफ द म्याच समेत चुनिएका बिबेक यादबले सर्वाधिक ४२ रन बनाए । यसक्रममा उनले मात्र २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । यस्तै हरिशंकर शाहले १४ तथा राईले ११ रन बनाए ।
खेलको म्यान अफ द म्याच चुनिएका बिबेक यादबले १ हजार ५ सय प्राप्त गरे । उनलाई राजविराज नगरपालिकाका सामाजिक साखा प्रमुख कल्पना देबले पुरस्कार प्रदान गरे । प्रतियोगिताको बिहिबार सम्पन्न पहिलो खेलमा बोदे बर्साइन थन्डर्सले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]