10 years ago
February 11, 2016
काठमाडौं, माघ २८
बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप अन्र्तगत प्लेअफको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल नामिवियासँग पराजित भएको छ ।

बिहिबार भएको खेलमा नेपाल नामिवियासँग १५ रनको झिनो पराजित भएको हो । हारसँगै नेपालको अब विश्वकपमा सोझै छनोट हुने सम्भावना पनि सकिएको छ ।
नामिवियाले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ४५ ओभरको खेलमा ४४.२ बलमा सबै विकेट गुमाएर २१० रनमा समेटियो । नेपालका लागि सुनिल धमलाले ५९ रनको योगदान दिएपनि त्यो जितको लागि पर्याप्त भएन । यस्तै योगेनद्र सिंह कार्कीले ३५ रन तथा प्रेम तामाङले ३२ रनको योगदान दिएका थिए । दिपेन्द्र सिंह ऐरीले ३१ तथा आरिफ सेखले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेन । नामिवियाका फिटरिज कोटजी एक्लैले तीन विकेट हात पारे । यस्तै बर्टन ज्याकोवले दुई विकेट लिए ।
यसअघि नामिवियाले निर्धारित ४५ ओभरको खेलमा नौ विकेट गुमाएर २२५ रनको योगफल तयार पारेको थियो ।
उसका लागि लोहन लोरेन्सले सर्वाधिक ५९ रनको योगदान दिएका थिए । नेपालका सन्दिप लामिछानेले तीन तथा सुशिल कडेलले तीन विकेट लिएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]