7 years ago
July 14, 2018
सप्तरी (हाम्रो खेलकुद) – बजाज खडक वारियर्सले सप्तरीमा जारि सप्तरी प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ । तिलाठी महिन्द्रा हिरोजलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो ।
पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङ गरेको मेहबुब आलम कप्तानीको तिलाठीले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । उसका लागि विकास दासले सर्वाधिक २८ रन, मेहबुब आलमले १६ तथा अमित यादबले ११ रन योगदान दिए ।
खडक वारियर्स बलर गोमानन्द अमथ र हरि शंकर शाहले ३–३ विकेट तथा फिर्दोश अन्सारीले २ विकेट लिए । ९१ रनको लक्ष्य वारियर्सले १०.१ ओभरमा पछ्यायो जसलाई सहज जित दिलाउन हासिम अन्सारीले आक्रामक ब्याटिङ गरे ।
अविजित ५८ रन बनाएका अन्सारीले २६ बलमा ६ छक्का र ३ चौका प्रहार गरे। तिलाठी बलर संसाद शेखले २ विकेट लिए । बजाज खडक वारियर्सको दोश्रो खेलमा यो लगातार दोश्रो जित हो । कोइलाडी तिलाठी महिन्द्रा हिरोजले २ खेलमा दोश्रो हार बेहोर्यो ।
३ टिम सहभागी लिगमा बोदे बर्साइन थन्डर्सले पनि २ खेल खेल्दा १ जित र १ हार बेहोरेको छ । प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा तिलाठी महिन्द्रा हिरोज र बोदे बर्साइन थन्डर्स प्रतिस्पर्धा गर्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]