7 years ago
August 12, 2018
जगदीश्वर पाण्डे
काठमाडौं– भनिन्छ, कुनै पनि उचाईमा पुग्न सकिन्छ । तर त्यहा“ रहिरहन कठिन हुन्छ ।भर्खरै एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको नेपाली क्रिकेट टोलीको लागि आगामि ४ वर्ष यहि भनाई लागु हुन्छ ।
पारस खड्काले नेतृत्व गरेको नेपाली टोलीले नेदरल्यान्ड्स विरुद्धको दुई खेल मध्ये एकमा हार र अर्कोमा जित निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको छ । त्यो पनि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको २२ वर्षमा ।
संयोग नेपालले खेलेको दुवै अन्तर्राष्ट्रिय खेल अर्थ पूर्ण रह्यो । पहिलो खेलमा डेब्यु गरेको नेपालले दोस्रो खेलमा पहिलो जित निकाल्न सफल रह्यो । दोस्रो खेलमा कप्तान खड्काले अन्तिम ओभरको अन्तिम बलमा स्टम्पलाई नै ओखल्दै गरेको रनआउटले नेपालले एक दिवसीय खेलमा पहिलो ऐतिहासिक जित निकाल्न सफल रह्यो ।
२२ वर्षको परिश्रमबाट जसरी नेपाली क्रिकेट टोली नया“ पुगेको छ । अब नेपाली क्रिकेट टोली सामु तीन चुनौति देखिन्छन् । पहिलो, एकदिवसीय मान्यतालाई निरन्तरता दिने, दोस्रो भविष्यमा एक दिवसीय क्रिकेटको विश्वकप खेल्ने, र तेस्रो टेष्ट मान्यता पनि पाउने हुनेछ ।
तर यी कुरा प्राप्त गर्न सहज पक्कै छैन । त्यसको लागि नेपाली क्रिकेटको संरचनादेखि पूर्वाधारसम्म बलियो आधार हुनु आवश्यक छ । जुन नेपाली क्रिकेटको अहिलेको संरचनालाई हेर्दा सफलताको सुचांकहरु देखिदैनन् ।
नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गराउने मध्येका एक खेलाडी हुन्, एलबी क्षत्री । उनकै भाषामा भन्दा नेपालको क्रिकेटलाई नेतृत्व गर्नु पर्ने नेपाल क्रिकेट संघ (क्यान) र नेपाली क्रिकेट टोली अहिले दुई ध्रुबमा छन्, अहिले ।
‘क्रिकेट टोलीले सफलता हासिल गरिरहेको छ । तर क्यान विवादले ग्रस्त छ,’ उनले भने,‘यो दुवैलाई एक स्थानमा ल्याएर अघि बढ्न सकेमात्र नेपाली क्रिकेटले थप उचाई लिने छ । क्यानको विवादलाई छिटोभन्दा छिटो मिलाउनु पर्छ ।’
नेपाली क्रिकेटको सफलताकापछि नेपाल र अन्तर्राष्ट्रिय दुवैको योगदान गरेका छन् । नेपाललाई थप अघि बढाउन सबैभन्दा पहिलो टेष्ट मान्यता प्राप्त मुलुकका राम्रो प्रशिक्षकलाई छिटै ल्याउनु पर्ने देखिन्छ । साथमा क्यानमा रहेको विवादलाई किनारा लगाई खेलाडीलाई मानसिक रुपमा कुनै दबाब बिना खेल्ने वातावरण सरकारले बनाइदिनु पर्छ ।
कप्तान खड्काले पटक–पटक भनिरहेका छन्, सबै इमानदार भएर काम गरे नेपाल क्रिकेट अघि बढ्नेमा कुनै शंका छैन । तर लामो समयदेखि भइरहेको क्यानको विवाद समाधान नहुँदा उनी चिन्तित छन् ।
उनले भनिसकेका छन्,‘क्रिकेटलाई बनाउन भविष्यमा नेपाल क्रिकेट संघको नेतृत्व गर्न तयार छु ।’ खड्काको उक्त भनाईलाई सम्मान गर्नु पर्छ । तर तत्कालका लागि उनले नेपाली टोलीलाई थप उचाईमा पु¥याउन मैदानमा नेतृत्व गरेर र खेलेको देखाउनु पर्ने हुन्छ ।
नेपाली क्रिकेट प्रेमीले खड्काबाट र उनको टोलीबाट ठूलो आशा गरेका छन् । हुन त उनले आशा देखाउदै र त्यो पूरा गर्दै आइरहेको भएर होला, क्रिकेट प्रेमीले खड्काबाट भरोसा गर्नु पनि स्वभाविक हो । किनकी उनकै नेतृत्वमा नेपालले सन् २०१४ मा बंगलादेशमा ट्वान्टी–ट्वान्टी विश्वकप खेलिसकेको छ र उनकै नेतृत्वमा नेपालले एकदिवसीय देशमा डेब्यु समेत गरिसकेका हो ।
उनले भनिसकेका छन्,‘क्रिकेटलाई बनाउन भविष्यमा नेपाल क्रिकेट संघको नेतृत्व गर्न तयार छु ।’ खड्काको उक्त भनाईलाई सम्मान गर्नु पर्छ । तर तत्कालका लागि उनले नेपाली टोलीलाई थप उचाईमा पु¥याउन मैदानमा नेतृत्व गरेर र खेलेको देखाउनु पर्ने हुन्छ ।
खड्काले तत्काल क्रिकेट संघभन्दा टोली र आफ्नो खेलमा बढी ध्यान दिनु आवश्यक छ । र, त्यसको लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) स“ग सहकार्य गरेर नेपाली क्रिकेट संघमा रहेको विवादलाई सकेसम्म छिटो हल गर्नु पर्छ ।
नेपाली क्रिकेटमा लागिरहेका पदाधिकारीहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई एक पटक छाडेरै विवाद समाधानतर्फ उन्मुख हुनु आवश्यक छ । नत्र उनीहरू इतिहासमै नेपाली क्रिकेटका खलनायकको रुपमा दर्ज हुनेमा कुनै संका रहदैन । उनीहरुले समयमै विचार पु¥याउदा ठिक हुन्छ ।
संघको विवाद मिलाउदै घरेलु क्रिकेटलाई बलियो बनाएर राम्रा खेलाडी उत्पादन गर्दै अन्तर्राष्ट्रिय स्तरको भौतिक पूर्वाधार र प्रशिक्षक र प्रशिक्षण दिएर नेपाली खेलाडीलाई मैदानमा उत्रने वातावरण राज्यले छिटोभन्दा छिटो मिलाई दिनु आवश्यक छ ।
भविष्यमा नेपाली क्रिकेट फुलेको र त्यसपछि एकै पटक फुटेको बेलुन जस्तो हुने अवस्था नआओस् ।
(यो लेख पत्रकार जगदीश्वर पाण्डेको ब्लग ‘चेकनेपालब्लगस्पटडटकम’ बाट लिइएको हो । ‘विश्व टी–ट्वान्टी क्रिकेटका सारथीहरू’ पुस्तकका लेखक पाण्डे हाल अंग्रेजी पत्रिका द हिमालयन टाइम्समा राजनीतिक ब्यूरोमा प्रिन्सिपल करेसपोन्डेन्टका रुपमा कार्यरत छन् ।)
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]