10 years ago
February 24, 2016
यज्ञराज जोशी
काठमाडौ फागुन १२
धनगढी क्रिकेट एकेडेमी (डिसिए) को आतिथ्यमा क्रिकेटको शहर धनगढीमा मंगलबारबाट सुरु भएको डिसिए एनसिएस (नेशनल क्रिकेट स्कुल, काठमाडौ) क्रिकेट सिरिजको पहिलो खेलमा एनसिएसले घरेलु टोली डिसिएलाई ७ रनको झिनो अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको एनसिएसले ओपनर सुनिल थापाको ४९ रनको मदतले ४०.४ ओभरमा सवै विकेट गुमाएर १ सय ८१ रन बनायो । जितका लागि कप्तान जितेन्द्र ठकुरीले ३४ तथा उपकप्तान रित गौतमले २२ रनको योगदान दिए । डिसिएका अमित बुढाले ६ ओभरको स्पेलमा ३६ रन दिएर ४ विकेट लिए पनि उनले दिएको अतिरिक्त ११ रन डिसिएका लागी भारी पर्यो । त्यस्तै डिसिएका अमन पन्थि र टेकेन्द्र बोहराले समान दुई विकेट लिए ।
जवाफी ब्याटिङ उत्रेको डिसिएले कप्तान सुवोध ऐर १ रनले अर्धशतक चुक्दा त्यसको मुल्य समग्र टीमले चुकाउँनु पर्यो । ६१ बलमा ७ चौकाको मदतले ४९ रन बनाईरहँदा रन आउँट भएपछि उनीसँगै डिसिए पनि आजको खेलबाट आउँट भयो । डिसिएले४१.१ ओभरमा सवै विकेट गुमाएर १७३ रन मात्र बनाउँन सक्यो । ओपनर राजन ठकुरीले ३ चौका र १ छक्काको मदतले २१ रनको पारी खेल्दै राम्रो सुरुवात गरेपनि धनञ्जय शाहबाट बोल्ड हुदै पवेलिएन फर्किए । त्यस्तै यम कार्कीले २८, अमन पन्थिले २०, अमित बुढाले १२ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन ।
भोली दुवै टोलीका विच विहान वान डे खेल हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]