7 years ago
September 21, 2018
युएई (एजेन्सी)– युएईमा जारी एसिया कप क्रिकेटमा आजबाट सुपर फोरका खेल सुरु हुने छन् । पहिलो खेलमा बंगलादेशले उपाधिको प्रमुख दाबेदार टोली भारतसँग दुबईमा खेल्ने छ ।
दोस्रो खेलमा अबु धाबीमा पाकिस्तानले अफगानिस्तानको सामना गर्ने छ । दुबै खेल नेपाली समय अनुसार साँझ ५ : १५ बजे बाट सुरु हुने छन् । समूह ‘ए’ बाट भारत विजेता र पाकिस्तान उप विजेता हुँदै सुपर फोरमा प्रवेश गरेका हुन् ।
समूह ‘बी’ बाट अफगानिस्तान विजेता र बंगलादेश उप विजेताका रुपमा सुपर फोरमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । सुपर फोरमा यी चार टोली एक अर्कासँग भिड्ने छन् । शीर्ष दुई टोली उपाधिको लागि असोज १२ दुबईमा खेल्ने छन् । समूह ‘ए’ बाट हङकङ र ‘बी’ बाट श्रीलंका जित बिहीन हुँदै समूह चरणबाटै घर फर्किएका छन् ।
समूह चरणमा हङकङसँग २६ रनको कठिन जित निकालेको भारतले दोस्रो खेलमा पाकिस्तानलाई ८ विकेटले पराजित गरेको थियो । श्रीलंकालाई १ सय ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै समुह चरणको सुखद सुरुवात गरेको बंगलादेश अफगानिस्तानसँग १ सय ३६ रनको फराकिलो अप्रत्याशित हार बेहोर्न पुगेको थियो ।
एसिया कपमा उत्कृष्ट प्रर्दशन गरेको अफगानिस्तानले त्यहि लय पाकिस्तानविरुद्ध समात्ने अनुमान गरिएको छ । समूह चरणमा बंगलादेशलाई १ सय ३६ तथा श्रीलंकालाई ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानले उपाधिमा दाबेदारिता प्रस्तुत गरेको छ ।
समूह चरणको प्रर्दशन हर्ने हो भने अफगानिस्तानलाई पराजित गर्न पाकिस्तानलाई त्यति सहज भने पक्कै हुने छैन । पाकिस्तान समूह चरणमा हङकङलाई ८ विकेटले हराउँदा भारतसँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै सुपर फोरका लागि भारतले ३ खेलाडी परिवर्तन गरेको छ ।
पाकिस्तानविरुद्धको समूह चरणको खेलमा घाइते भएका हार्दिक पाण्ड्या टोलीबाट बाहिरिएका छन् । उनलाई गम्भीर चोट लागेकाले तत्काल भारतीय टिममा फर्कने सम्भावना छैन ।
पाण्ड्याको ठाउँमा दीपक चाहरलाई खेल्नका लागि दिल्लीबाट दुबई पठाइएको छ । अक्षर पटेलको ठाउँमा रवीन्द्र जडेजा र तिब्र गतिका बलर शार्दुल ठाकुरको ठाउँमा सिद्धार्थ कौललाई मौका दिएको भारतीय क्रिकेट बोर्ड बिसिसिआईले जनाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]