default_image

10 years ago

February 29, 2016

को हुन आइ.पि.एल खेल्न पाउन सक्ने नेपाली खेलाडी दिलबाहादुर ?

178 views

0 Bookmark

inepalonline.com बाट 

यज्ञराज जोशी
कक्षा ७ मा अध्ययन गर्दा गर्दै डडेल्धुरा आलितालका दिलबहादुर बोहरा घरको आर्थिक स्थिती कमजोर भएकाले केही जागिरको खोजीमा भारतको पञ्जाव गए । पञ्जावमा पुगि काम गर्र्न सुूरु गरे निकै मेहनती र लगनशिल भएकाले उनका मालिकले उनीलाई कामसँगै पढाई अगाढी बढाउँन सुझाव दिए र आवश्यक सहयोग पनि गरे । काम र पढाईसँगसँगै अगाढी बढाईरहेका बेला उनलाई ईण्डियाको क्रिकेट कल्चरले तान्यो । उसो त उनी सानै देखि क्रिकेटमा औधी रुची राख्थे । आफ्नोे वरपर छरछिमेकका केटाहरु क्रिकेट किट लिएर विहान बेलुका क्रिकेट प्रशिक्षणमा गएको दृश्यले उनलाई लोभ्यायो र उनले क्रिकेट करिअर अगाढी बढाउँने सोचे ।

पञ्जाव प्रान्तले भारतको क्रिकेटमा सधै उच्च स्थान ओगटेको छ । झन बर्षेनी हुने आईपीएल प्रतियोगिताले त त्यहाँको माहोल नै वेग्लै हुन्थ्यो । उनीकाम गर्ने स्थान भन्दा केही घण्टाको दुरीमा रहेको अमृतसर स्थित गान्धी ग्राउण्ड थियो । उनले पनि त्यहाँ गएर क्रिकेट प्रशिक्षण लिन तथा नियमित अभ्यास गर्न थाले । प्रशिक्षण लिन थालेको केही समयमै उनको मेहनतले उनले आफ्ना गुरुहरुलाई प्रभावित पार्न सफल भईसकेका थिए । उनी अझै राम्रो गर्न सक्ने ठानेर उनका गुरुहरुले उनलाई दिल्लि प्रशिक्षणका लागि आज सुझाए । सुझावको अनुसरण गर्दै उनी पनि दिल्ली पुगे र कोटा मैदानमा प्रशिक्षणको व्यवस्था मिलाएँ ।

Dil Bahadur

दिल्लीमा प्रशिक्षण गरिरहेका बेला उनी ईण्डिया यु १९ टीमको १८ जनाको क्याम्पसमा पर्न सफल भए । जुन उनको खेल जिवनको सवैभन्दा ठुलो उपलब्धी थियो । एउटा नेपाली खेलाडी ईण्डिया यु १९ विश्वकप टीमको १८ जनाको सुचीमा पर्नु भनेको कम उपलब्धी थिएन । त्यो क्याम्प उन्मुक्त चन्दको कप्तानीमा रहेको भारतिय टीमका लागी थियो । पछि त्यसै टोलीले सन २०१२ को यु १९ विश्वकप पनि जित्यो । दुर्भाग्य उनी औलामा लागेको चोटका कारण अगाढी बढ्न सकेनन् र बन्नै लागेको ईतिहास रोकियो । उनलाई औलामा चोट लाग्नु नेपाल र उनका लागी निकै दुर्भाग्य बन्यो ।

औला फ्याक्चर भएपछि उनले केही समय क्रिकेट खेल्न सकेनन् । त्यतिवेला उनलाई भारतमा आफै कमाएर आफ्नो खर्च धान्नुपर्ने पनि परिवारका लागि पैसा पठाउँनु पर्ने थियो । त्यसैले केही समय क्रिकेटलाई बिट मार्दै उनी आर्थिक उपार्जन तिर लागे । उनी धनगढी फर्केपछि धनगढीका साथीहरु केशव सिंह, राजेश खत्री लगायतले उनलाई तपाई राम्रो क्रिकेट खेल्नुहुन्छ भन्दै आफ्नो टीमबाट खेल्न आग्रह गरे । त्यतिवेला केशब र राजेश एसपीए टीमका महत्वपुर्ण सदस्य थिए । उनीहरुको प्रस्ताव स्वीकार्दै दिलबहादुरले रोकिएको उनको क्रिकेट यात्रा पुनः सुरु गरे, राम्रो प्रदर्शन पनि गरे ।

उनले धनगढी बसाईका क्रममा निकै टुर्नामेन्टहरु खेलेर सवैलाई प्रभावित पारेका थिए । नेशनल प्रतियोगिताका लागि त्यतिवेला धनगढीमा सिनियर छनौट प्रतियोगितामा उनले पनि सहभागिता जनाए । दुई खेल खेल्न पाएका उनले एक खेलमा ५० रन बनाएर अविजित रहे तर अन्तिम सुचीमा पर्न सकेनन् । उनीभन्दा कम प्रदर्शन गर्नेहरु टीममा थिए तर सेलेक्टरले उनको प्रतिभा चिन्न सकेनन् र उनी टोलीमा अटाएनन् । उनको मन निकै खल्लो भयो, ईण्डिया यु १९ टीमको क्याम्पसम्म परिसकेका खेलाडीहरुलाई प्रदर्शन राम्रो हुँदा हुँदै पनि क्षेत्रिय प्रतियोगितामा पनि चान्स नदिएकाले उनको नेपालबाट खेल्ने सपनालाई तुषरापात भए जस्तै लाग्यो । मन खल्लो भएपनि उनले क्रिकेट छोडेनन् र डिसिएको भारतको सह्रानपुरमा भएको क्रिकेट टुरमा सहभागी भए । उनीसँगै डिसिएको टोली भारतको सह्रानपुर प्रतियोगिता खेल्न प्रस्थान गर्यो । त्यतिवेला आयोजकले नेपालबाट डिसिएलाई मात्र टुर्नामेन्टमा प्रवेश दिएको थियो भने बाकीं सम्पुर्ण टीमहरु भारतका विभिन्न क्षेत्रबाट थिए । प्रतियोगितामा डिसिएले तेस्रो स्थान हात पार्यो उनको प्रदर्शन प्रभावशाली रह्यो ।

प्रतियोगिता सकि डिसिएको टोलीसँगै उनी धनगढी फर्किए । त्यसको केही दिनमा उनका साथीहरुले दिल्लीमा किंग्स ईलेवन पञ्जावको छनौट खेल भईरहेको जानकारी पाए र दिल्ली गएँ । छनौट खेलमा उनले ४२ बलमा ८४ रन र २ विकेट लिए जुन छनौट खेलको सवैभन्दा राम्रो प्रदर्शन थियो । उनको यो प्रदर्शनले छनौटकर्ताको आखाँमा उनी पर्न सफल रहे । छनौट खेल सम्पन्न भईसकेको केही दिनमा उनका नाममा एक पत्र आयो । पञ्जाव क्रिकेट एशोसियशनको नामबाट आएको उक्त पत्र उनका लागि आईपिल खेल्ने ढोका थियो । छनौट खेलमा राम्रो प्रदर्शन गरेका कारण उनले पहिलो चरण पार गरिसकेको पत्रले स्पष्ट पार्यो अब दोस्रो चरणमा उनको फिटनेश टेष्टका लागि पत्र थियो । किंग्स ईल्यावेन पञ्जावले पत्र मार्फत उनलाई फिटनेश टेष्टका लागि बोलाईयो र उनी पञ्जाव गए । दुई दिनको फिटनेश क्याम्पमा पनि उनी सफल भए । यसले उनलाई आईपीएलमा खेल्न अझ नजिक पु¥यायो ।

फिटनेश चरण पार गरिसकेपछि अब किंग्स ईलेवन पञ्जावले उनलाई अन्तिम क्याम्पका लागि माहोली बोलाएको छ । पञ्जावका लागि मुख्य १६ जना अन्तराष्ट्रिय खेलाडीहरु चयन भईसकेका छन । त्यससँगसँगै टीमले रिजर्व खेलाडीका लागि अन्य १६ जनालाई खुला प्रतिस्पर्धा मार्फत टीममा भित्र्याउने गर्दछ, उनले भने मेरो अन्तिम संघर्ष अब त्यही १६ जना भित्र पर्ने हो । आगामी मार्च ४ देखि १३ तारिखसम्म उक्त छनौट प्रतियोगिता छ । पत्रमा खेलिएको छ, क्याम्पमा पर्न सफल तपाई नेपालको पहिलो खेलाडी हुनुहुन्छ, तपाईलाई बधाई अनि शुभकामना । यदि म उक्त छनौट प्रतियोगितामा सफल हुन सके भने किंग्स ईलेवनको सदस्यका रुपमा रहनेछु । छनौट भने मात्र किंग्स ईलेवनले उनीसँग बार्षिक २५ लाख रुपैया सम्मको सम्झौता गर्नेछ भने अन्य ब्राण्डहरुले पनि उनलाई स्पोन्सर गर्नेछन ।

क्याम्पका लागि लेटर आउँनु मेरो जिवनको सवैभन्दा ठुलो उपलब्धी हो, उनले भने म लेटर पाईसकेपछि सिधै नेपाल आए । नेपालबाट खेल्ने मेरो पहिलो प्रयासमा म क्षेत्रिय प्रतियोगिताबाटै फालिय तर अहिले आईपिएलको क्याम्पसम्म परेको छु । म क्याम्प सम्म परेकाले नेपालमा पनि राम्रा खेल्ने प्लेयरहरु छन भन्ने त्यहाँका कोचहरुलाई लागेको छ । उनीहरु प्रभावित भएका छन । तर अझै पनि मेरो सपना नेपालबाटै खेल्नुछ । म अझै पनि नेपालबाटै खेल्ने प्रयास गर्नेछु, उनले भने ।

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.