10 years ago
March 4, 2016
धनगढी, फागुन २१ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा शनिवार (फागुन २२) गते देखि चैत १३ गतेसम्म धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग (डिसिएल)–३ को तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ ।

प्रतियोगिताको तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा डिसिएका अध्यक्ष सुवाश शाहीले प्रतियोगिताको आवश्यक सम्पुर्ण तयारी पुरा भएको जानकारी गराए । साथै सोही अवसरमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा शनिबार चौराहा र हसनपुर टीमले प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ९ बजेपछि धनगढीको अञ्चल प्रहरीको खेल मैदानमा हुनेछ ।
‘मैदानमा टर्फ पिच छ । टेक्निकल कमिटी तयारी अवस्थामा छ । उनले भने, नेपालमा पहिलो पटक अक्सनमा आधारित प्रतियोगिता गर्न लागिएकाले प्रतियोगितालाई सभ्य र भव्य बनाउँन कुनै कसुर बाँकी राखेका छैनौँ । सवै क्षेत्रको प्रयासले मात्र यो सम्भव भएको हो ।’ यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ जना खेलाडीलाई म्याच एक्सोजरका लागि भारत भ्रमण गराईने अध्यक्ष शाहीले बताए । प्रतियोगितामा कैलालीका विभिन्न पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी सवै टीमले आफ्नो तयारी पुरा भईसकेको जनाएका छन् । धनगढी क्रिकेट एकेडेमीका संस्थापक धिरेन्द्र सावदले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भईसकेको र प्रतियोगितामा सवैलाई सहभागिताका लागि अनुरोध गरे ।
टी–२० फम्र्याटमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टीमले अरु टीमसँग २ खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा खेल्नेछ । त्यसमा पहिलो हुने टिम फाइनल तथा दोस्रो हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँग खेल्दै फाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलका म्यान अफ द म्याचले नगद ५ हजार तथा म्यान अफ द सिरिजले ५० हजार रुपैया पाउनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]