10 years ago
August 29, 2015
नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जितका साथ एसिसी यु–१९ प्रिमियर लिगको सुरुआत गर्ने क्रममा शुक्रबार संयुक्त अरब इमिरेट्सलाई १ सय ४९ रनले हराएको छ ।
सुशील काडेलको ४ विकेट र कप्तान राजु रिजालको अर्धशतक उच्च प्रदर्शनबाट प्रेरित टोलीले प्रतियोगितामा दमदार सुरुआत गरेको हो ।
क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ गर्दै नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९९ रन बनायो । जवाफमा नेपालले २०.५ ओभरमा रोकेको युएईले ५० रनमात्र बनाउन सक्यो ।
युएईलाई तहसनहस पार्ने क्रममा सुशीललाई सुनील धमला र प्रेम तामाङले राम्रो साथ दिए । म्यान अफ दी म्याच चुनिएका सुशीलले ७ ओभरमा ४ विकेट लिए भने त्यत्ति नै ओभरमा सुनिलले ३ विकेट लिए । प्रेमले जम्मा ५ बलमा २ विकेट हात पारे ।
२ सय रनको लक्ष्य पछयाएको युएईका लागि ओपनर कप्तान वारुना पेरेरा र जाफ्री जाफरडिनबाहेक कुनै पनि खेलाडी जम्न सकेनन् । पेरेराले ३ चौका र १ छक्कासहित ३२ रन र जाफरडिनले २४ बलमा १ चौकासहित १२ रन जोडे । युएईका ६ ब्याट्सम्यानले खातासम्म खोल्न सकेनन् भने बााकी ३ खेलाडीले समान १ रन जोडे । पछिल्ला ९ विकेट गुमाउादा युएईले मात्र १६ रनमा बटुल्यो ।
४ बल अगाडी अलआउट भएको नेपाल कप्तान राजुले ६२ रन बनाए । ८४ बल खेल्दै उनले ६ चौका र १ छक्का हाने । ओपनर सन्दीप सुनार र आरिफ शेखले दोस्रो विकेटमा ३७ रनको साझेदारी गरे । सन्दीपले १८ र आरिफ २२ रन बनाए । नेपालले शनिबार अफगानिस्तानसाग खेल्ने ।
राजुले दीपेन्द्रसिंह ऐरीसाग छैटौं विकेटका लागि ५२ रनको साझेदारी गरे । राजु र सौरभ खनालबीच सातौं विकेटका लागि पनि ५२ रनको साझेदारी बन्यो । दीपेन्द्रले २० र सौरभले २४ रन बनाए ।
६ टोलीले भाग लिएको प्रतियोगितामा नेपाल २ अंकसहित तेस्रो स्थानमा छ । समान २ अंक जोडेपछि नेट रनरेटका आधारमा अफगानिस्तान पहिलो र मलेसिया दोस्रो स्थानमा छन् ।
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]