default_image

7 years ago

October 24, 2018

वेस्ट इन्डिज र भारतको दोस्रो वानडे टाई!

150 views

0 Bookmark

बिसाकापट्नम (एजेन्सी) – भारत र वेस्ट इन्डिजको दोस्रो एकदिवसीय क्रिकेट टाई भएको छ। जितका लागि ३ सय २२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पनि ३ सय २१ रन नै जोड्यो ।

Shimron Hetmyer

टस जितेर ब्याटिङ गरेको भारतका लागि कप्तान विराट कोहलीले नटआउट १ सय ५७ रन प्रहार गर्दै सचिनको १७ वर्ष पुरानो किर्तिमान तोडेका थिए । कोहलीलाई साथ दिँदै अम्बाटि रायडुले ७३ रन जोडेपछि भारतले ६ विकेट गुमाउँदै ३ सय २१ रन बनाएको थियो ।

जवाफमा वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ३ सय २१ रन नै बनायो । वेस्ट इन्डिजले ३६ रनमा ओपनर किरन पावेल र ६४ रनमा चन्द्रपौल हेमराजलाई गुमाएको थियो । त्यसपछि ७८ रनमा मार्लन स्यामुएल्सलाई गुमाएको इन्डिजका लागि होप र सिम्रोन हेटमियरविचको १ सय ४३ रन को साझेदारीले इन्डिजलाई खेलमा फर्काएको थियो । आक्रामक रुपमा प्रस्तुत भएका हेटमियरले ७ छक्का प्रहार गर्दै ६४ बलमा ९४ रन जोडे । होप भने १ सय २३ रनमा अविजित रहे ।

अन्तिम बलमा जितका लागि ५ रन चाहिएको स्थितिमा होपले उमेश यादवको बलमा चौका प्रहार गरेका थिए । खेलको म्यान अफ द म्याच कोहली भए । यस नतिजासँगै ५ खेलको वान डे सिरिज १-० कै स्थितिमा छ । भारतले पहिलो वानडे ८ विकेटले जितेको थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.