default_image

5 hours ago

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

654 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन ।

पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो।

लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम बलमा सन्तोष भण्डारीले आउट गरे। साम हेजलेटले क्याच लिए।

लुम्बिनीले पावर प्लेमा १ विकेटको क्षतिमा ४४ रन बनायो। लुम्बिनीले १० ओभरमा १ विकेटको नोक्सानीमा ६९ रन जोड्यो। सन्तोषले ११.२ ओभरमा कप्तान रोहित पौडेललाई बोल्ड गरे। ३० बल खेलेका रोहितले समान २ छक्का र चौकासहित ३४ रन बनाए ।

रोहित र डार्सीले दोस्रो विकेटको लागि ६९ को साझेदारी गरे। त्यसपछि ठूलो साझेदारी बन्न सकेन । सन्तोषको बलमा ११.५ मा ४१ रनमा डार्सीले जीवनदान पाए। प्रतिश जिसीले म्याच छुटाए।

सन्तोषले १३.५ ओभरमा ४५ रन बनाएका डार्सीको विकेट लिए। डार्सीले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। मार्टिन गप्टिलले उनको क्याच लिएका हुन्।

सन्दीप लामिछानेको बलमा १४.५ मा सन्दीप जोराको मर्चेन्ट डि लाङ्गेले क्याच लिए। १५.३ मा जेजे स्मिथ प्रतिशको बलमा बसिर अहमदबाट क्याच भए । सोही ओभरको अन्तिम बलमा १ रन जोडेका दीलिप नाथको क्याच लाङ्गेले लिए। सन्दीप र जेजेले रनको खाता पनि खोल्न सकेनन्।

१७.५ ओभरमा सन्दीपको बलमा २९ रन बनाएका निरोशन डिकवेला हेजलेटबाट समातिए । १९.५ ओभरमा ७ रन बनाएका शेर मल्ल प्रतिशको बलमा लाङ्गेबाट समातिए। सन्तोष र प्रतिशले समान ३ र सन्दीपले समान २ विकेट लिए।

फाइनल प्रवेशका लागि भएको खैलमा विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको थिए ।

विराटनगर क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि क्वालिफायर टुमा खेल्नु परेको हो।

हिजो एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै क्वालिफायर टुमा स्थान पक्का गरेको हो। आजको विजेताले शनिवार सुदूरपश्चिमसँग फाइनल खेल्ने छ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.