7 years ago
October 25, 2018
एजेन्सी – पहिलो टी- २० क्रिकेट खेलमा पाकिस्तानले अष्ट्रेलियालाई सहजै रुपमा हराएको छ । पाकिस्तान ६६ रनले विजयी हुदैँ तीन खेलको टी – २० क्रिकेट श्रृंखलामा १ – ० ले अग्रता लिएको छ ।

१ सय ५६ रनको लक्ष्य पक्ष्याएको अष्ट्रेलिया १६ ओभर ५ बलमा अल आउट हुदैँ मात्र ८९ रन जोड्न सक्यो। अष्टेलियाका लागि कुल्टन नाइल ३४, अस्टन अगर १९ र क्रिस लायनले १४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले पाकिस्तानका बलर सामु क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् ।अष्ट्रेलियालाई सस्तैमा अल आउट गर्नको लागि पाकिस्तानका इमाद वासिम ३,फेहिम असरार्फ र शाहिन अफ्रिदीले समान दुई विकेट लिदा हसन अली र शादव खानले पनि समान एक विकेट हात पारे ।
यसअघि अबु धाबमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा बाबर आजमको अर्धशतकको सहयोगमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । बाबरले ५५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६८ रनमा नट आउट रहे । त्यस्तै मोहमम्द हफिज ३९ र फकर जमानले १४ रन बनाउन बाहेक अन्य ब्याटम्यानले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका लागि नाइल र बिली स्टेनलेकले समान तीन बिकेट लिए ।
अष्ट्रेलिया र पाकिस्तानबीच थप दुइ टी- २० खेल हुने छ । अव दोस्रो खेल आगमी अक्टोबर २६ अर्थात शुक्रबार हुने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]