7 years ago
October 25, 2018
ट्रिनिडाड र टोबागो (एजेन्सी) – वेस्ट इन्डिजका अलरान्डर डवेन ब्राभोले टि ट्वान्टीबाहेक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
सन् २००४ देखि वेस्ट इन्डिजबाट खेल्दै आएका उनी पछिल्लो दुई वर्षयता भने राष्ट्रिय टोलीमा छैनन् । ३५ वर्षे उनले ४० टेस्ट, १ सय ६४ वान डे र ६६ अन्तर्राष्ट्रिय टि ट्वान्टी खेलेका छन् ।
ब्राभोले टेस्टमा २ हजार २ सय रन बनाएका छन् , जसमा ३ शतक सामेल छ । वान डे खेलमा २ हजार ९ सय ६८ रन जोडेका उनले टि ट्वान्टीमा १ हजार १ सय ४२ रन बनाएका छन् ।
त्यस्तै उनले टेस्टमा ८६, वान डेमा १ सय ९९ र टि ट्वान्टीमा ५२ विकेट लिएका छन् । ब्राभोले परिवार, समर्थक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]