7 years ago
October 25, 2018
बिसाखापट्नम (एजेन्सी ) – वेस्ट इन्डिजविरुद्धको दोस्रो एक दिवसिय क्रिकेट टाईमा टुंगिनुमा कप्तान विराट कोहलीको गल्ति रहेको केहि भारतीय सञ्चारमाध्यमले आरोप लगाएका छन् ।
बिसाखापट्नममा बुधबार भएको खेलमा विराटले दुईवटा कीर्तिमानी बनाएका थिए । भारतका लागि सबैभन्दा छिटो दश हजार रन पुरा गरेका विराटले सबैभन्दा बढी म्यान अफ दी म्याच जित्ने खेलाडीको कीर्तिमान पनि राखेका थिए । विराटले सो खेलमा अविजित १ सय ५७ रन जाडेको थियो ।
जितका लागि ३ सय २२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पनि ३ सय २१ रन बनाएपछि खेल टाई भएको हो । खेल टाइ हुनुमा विराटकै गल्ति रहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । इन्डिया टिभी स्पोट्र्सले गरेको समचार विश्लेषणमा विराटले त्यो गल्ती नगरेको भए खेल टाई नभएर भारतले जित्ने दाबी गरिएको छ ।
११ औं ओभरमा नर्सको पहिलो बलमा स्क्वार लेगमा शर्ट प्रहार गर्दै विराट २ रन लिनका लागि तिब्रगतिमा दौडिए । पहिलो रन पुरा गरेका उनले दोस्रो रन लिने क्रममा गल्ति गरिएको औल्याइएको छ । आफै पुनः स्ट्राइक लिन तिब्र गतिमा दौडीएका उनले रेखा नछोइ दौडिए ।
उनको त्यो गल्ती अम्पायरले देखेपछि भारतको स्कोर वोर्डबाट १ रन काटियो । यदि विराटनले त्यो रन नियमपूर्वक पुरा गरेको भए भारतले खेल १ रनले जित्न सक्थ्यो । नन स्ट्राइकमा अम्बित रायडू थिए ।
अन्तिम बलमा वेस्ट इन्डिजलाई ५ रन चाहिएको अवस्थामा होपले चौका प्रहार गर्दै खेललाई टाइ बनाएका थिए । विराटले त्यो एक रन राम्रोसँग लिएको भए अन्तिम बलमा चौका प्रहार गरेपनि खेल भारतले जित्ने थियो ।
भारतीय केहि सञ्चारमाध्यमले विराटलाई स्थार्थी खेलाडीको पनि संज्ञा दिएका छन् । यस्तै गल्ती भारतले सन् २०११ को विश्व कपमा पनि गरेको थियो । जसका कारण इङ्ल्यान्डसँग खेल टाई भएको थियो । त्यसबेला भारतका ब्याट्सम्यान मुफान पटेलले त्यस्तो गल्ति गरेका थिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]