7 years ago
October 25, 2018
पोखरा (हाम्रो खेलकुद) – शुक्रबारबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) का लागि बुटवल ब्लास्टर्सले आफ्ना दुई विदेशी खेलाडी घोषणा गरेको छ । युएईका कप्तान रोहन मुस्तफा र चिरग सूरी बुटवलबाट खेल्ने भएका छन् ।

मुस्तफा गत बर्ष धनगढी प्रिमियर लिग (डीपीएल) मा चौराहा धनगढीबाट खेलेका थिए । गत संकरणमा उत्कृष्ट प्रर्दशन गरेका मुस्तफा डीपीएलमा ‘म्यान अफ द सीरीज’ समेत घोषित भएका थिए । एभरेष्ट पिमियर लिगमा भने मुस्तफा विराटनगर किंसबाट खेल्ने गर्दछन् । त्यस्तै युएईका सुरी युवा ब्याटम्यान हुन् । २३ बर्षिय सुरीले युएईबाट ५ वान डे खेल खेलेका छन् । सुरीले ५ वान डे मा २६.८० को औसतमा कुल १ सय ३४ रन बनाएका छन् र वेस्ट स्कोर ६५ रहेको छ ।
बुटवलको मार्की खेलाडी राष्ट्रिय टोलीका तिब्र गतिका बलर साथै अलराउण्डर सोमपाली कामी रहेका छन् । विश्फोटक ब्याटम्यान सिद्धान्त लोहनी रहेको बुटवलमा सागर पुन,मोहम्मद सासद शेख,हसिम अन्सारी,भिम सार्की,ललित भण्डारी र अविनाश बोहोरा जस्ता खेलाडी रहेका छन् ।

रोहन मुस्तफा
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]