default_image

7 years ago

October 26, 2018

शरदको पोखरा र सन्दीपको विराटनगरबाट एक–एक भारतीयले खेल्ने

104 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिता आजबाट पोखरा क्रिकेट रंगशालामा शुरु हुदैछ । उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्सबीच खेल हुदैछ । खेल ११ बजेपछि शुरु हुदैछ ।

पहिलो दिनको खेलमा दुवै टोलीबाट समान एक विदेशी खेलाडीले खेल्नेछन् । हरेक खेलमा कम्तिमा एक विदेशी खेलाउनु पर्ने प्रावधान अनुरुप दुवै टोलीले एक–एक खेलाडी मैदानमा उतार्न लागेका हुन् । पोखरा पल्टनबाट रवि इन्दर सिंह र विराटनगरबाट एन्टन एन्ड्रयुजले खेल्नेछ । रवि पन्जावबाट भारतको प्रथम श्रेणीको क्रिकेट खेलिसकेका छन् । यता, एन्टनले भने भारतको चर्चित तामिलनाडु प्रिमियर लिगमा आफ्नो प्रतिभा देखाइसकेका छन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.