7 years ago
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० विराटनगर टाइटन्सलाई घरेलु टोली पोखरा पल्टनले १ सय ९८ रनको विजयी लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रन बनाएको हो । राम्रो शुरुवात गरेको पोखराका लागि ओपनर कुशल भुर्तेल र मोहम्मद आरिफ शेखले ५३ रनको साझेदारी गरेका थिए । कुशल ३८ रनमा आउट भए । उनलाई सन्दीप लामिछानेले आफ्नो पहिलो शिकार बनाएका थिए । २६ बलमा ३८ रन जोड्ने क्रममा कुशलले ५ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर मोहम्मद आरिफ शेख ५२ रनमा शाहव आलमको बलमा प्रदीप ऐरीबाट क्याच आउट भए ।
दोस्रो विकेटका लागि आसिफ र रवि इन्दर सिंहले दोस्रो विकेटको लागि ९४ रनको साझेदारी गरे । भारतीय खेलाडी रवि इन्दर सिंह ४४ रनमा आउट भए । आक्रमक पारी खेलेका विनोद भण्डारी ४१ रनमा नटआउट रहे । भण्डारीले ११ बलमा ५ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाउदा कप्तान शरद भेषवाकर ७ रनमा नटआउट रहे । विराटनगरका सन्दिप लामिछानेले २ विकेट लिए । शाहव आलमले एक विकेट लिए । विराटनगरले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]