7 years ago
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरामा आजबाट सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । उद्धघाटन खेलमा विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गर्दै पल्टनले प्रतियोगितामा सानदार सुरुवात गरेको हो ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पल्टनले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो । १ सय ९८ रनको लक्ष्य पक्ष्याएको विराटनगर ८ विकेट गुमाउदैँ निर्धारित ओभरमा मात्र १ सय ३९ रन बनाउन सक्यो । पोखरालाई सहज जित दिलाउन यी ३ खेलाडीले उत्कृष्ट प्रर्दशन गर्न सफल रहे ।
विनोद भण्डारी

पोखरालाई सहज जित दिलाउन विनोद भण्डारीले विश्फोटक ब्याटिङ गरे । सन्दीप लामिछानेले १६.५ बलमा आक्रमक ब्याटिङ गरेका रवी इन्द्रर सिंहलाई ४४ रनमा पेभिलिएनको बाटो देखाएपछि हिटर भण्डारी मैदान प्रवेश गरेका थिए । १८ औँ ओभरमा मध्य गतिका योर्कर फ्याक्न सिपालु बलर जितेन्द्र मुखीयाको पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै विनोद आफुले सुरुवात देखीनै विश्फोटक ब्याटिङ गर्ने छाँटकाँट देखाएका थिए । तेस्रो बलमा लेग बाई रन लिदैँ आसिफ शेखलाई स्ट्राइक दिएका उनले अन्य तीन बलमा स्ट्राईक पाएनन् ।
१९ औँ ओभरको दोस्रो र तेस्रो बलमा स्पिनर साहव आलमलाई छक्का प्रहार गरेका विनोद त्यतिकैमा रोकिएनन् । अन्तिम ओभरमा दिपेश श्रेष्ठको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरे । त्यस्तै तेस्रो बलमा शरदलाई स्ट्राईका दिएका विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै इनिङ फिनिसिङ गरे । भण्डारीले मात्र ११ बलमा ५ छक्का र २ चौका प्रहार गर्दै ४१ रनमा नट आउट रहे । विश्फोटक ब्यटिङ गरेका विनोद खेलमा म्यान अफ द म्याच समेत घोषित भए । .
रवी इन्द्रर सिंह

भारतीय मुलका खेलाडी सिंह पोखराको नयाँ पिचमा खुलेर खेले । सन्दीपले साताँै ओभरको पहिलो वलमा आक्रमक ब्याटिङ गरि रहेका ओपनर कुशल भुर्तेललाई आउट गरेपछि तेस्रो नंबरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका सिंहले विराटनगरका बलर सामु खुलेर खेले । सुरुवाती ७ बल रक्ष्यात्मक (रोकेर) ब्याटिङ गरेका सिंहले ८ औँ ओभरको अन्तिम बलमा साहव आलमलाई चौका प्रहार गर्दै खुलेर ब्याटिङ गर्ने संकेत देखाए । सिंहले अन्य ३ बल पनि रोकेरै खेले ।
१० औँ ओभरको चौथो बलमा पुष्प थापालाई छक्का प्रहार गरेका उनले पाँचौ बलमा चौका र छैँटौ बलमा छक्का प्रहार गर्दै आक्रमक रुपमा प्रस्तुत भए । त्यसपछि १४ औँ ओभरको तेस्रो बलसम्म उनि खुलेर खेलेनन् । डबल सिंगल रन लिए । १४ औँ ओभरको पाचौँ र छैटौँ बलमा साहव आलमलाई छक्का प्रहार गरेका उनि १६. ५ ओभरमा सन्दीपको बलमा पुष्प थापाको हातबाट क्याच आउटको शिकार बन्न पुगे । २७ बलमा ४४ रन प्रहार गरेका उनले सम्रगमा २ चौका र ४ छक्का प्रहार गर्दै पोखरालाई विशाल योगफल तयार गर्न उत्कृष्ट ब्याटिङ गरे ।
ललितनारायण राजवंशी

विराटनगरलाई १ सय ३९ रनमा रोक्न ललितले कसिलो बलिङ गरे । उनले ४ ओभरमा मात्र १७ रन खर्चेर ३ विकेट लिए । १४ बल डट गराएका उनले २ चौका खान पुगेका थिए । धारिलो बलिङ गरेका उनले मिडिल अडर ध्वस्त पार्ने काम गरे । पोखराका बलर सामु खुलेर खेल्न खोजि रहेका राजु रिजाल र पुष्प थापालाई समान ३० रनमा पेभिलिएनको बाटो देखाए । त्यस्तै जितेन्द्र मुखियालाई पनि ६ रनमा आउट गर्दिय । विराटनगरलाई सस्तैमा रोक्न ललितले घातिक र उत्कृष्ट बलिङ गर्न सफल रहे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]