default_image

7 years ago

October 26, 2018

धोनी भारतीय टोलीमा परेनन्

130 views

0 Bookmark

मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी, वेस्ट इण्डिज र अष्ट्रेलियासँग सामना गर्ने टी-२० टोलीमा समावेश गरिएका छैनन्।

dhoni

भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले सार्वजनिक गरेको दुवै टोलीमा धोनी अटाएनन। त्यस्तै वेस्ट इण्डिजविरुद्धको २० ओभरको खेलमा नियमित कप्तान विराट कोहलीलाई पनि विश्राम दिइएको छ।

भारतले वेस्ट इण्डिजसँग तीन टी-२० खेलहरु खेल्दैछ। जसमध्ये पहिलो खेल कोलकातामा नभेम्बेर ४ मा हुनेछ। दोस्रो खेल लखनउ(नभेम्बेर ६) र तेस्रो तथा अन्तिम खेल नभेम्बेर ११ मा चेन्नाईमा हुनेछ। त्यस्तै अष्ट्रेलियासँगको पहिलो खेल नभेम्बर २१ मा, दोस्रो २३ र तेस्रो तथा अन्तिम खेल नभेम्बर २५ मा हुनेछ।

वेस्ट इण्डिज विरुद्धको टोली: रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, दिनेश कार्तिक, मनिष पाण्डे, श्रेयस ऐयर, ऋषव पन्त(किपर), क्रुनाल पाण्ड्या, वासिंगटन सुन्दर, युज्भेन्दर चाहाल, कुलदिप यादव, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, खलिल अहमद, उमेश यादव, शाहबाज नदीम।

अष्ट्रेलिया विरुद्धको टोली: विराट कोहली(कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, मनिष पाण्डे, श्रेयस ऐयर, ऋषव पन्त(किपर), कुलदिप यादव, युज्भेन्दर चाहाल, वासिंगटन सुन्दर, क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, खलिल अहमद, उमेश यादव।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.