default_image

7 years ago

October 27, 2018

एक खेल अगावै पाकिस्तानले सिरिज जित्यो, अस्ट्रेलियाको लगातार हार

136 views

0 Bookmark

दुबई (एजेन्सी ) – अष्ट्रेलियासॅगको तीन टी- २० क्रिकेट श्रृंखला एक खेल अगाडीनै पाकिस्तानले जितेको छ । शुक्रबार राती भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले हराउदैॅ श्रृंखला २-० ले कब्जा गरेको हो ।

पाकिस्तानले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पक्ष्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । ग्लेन म्याक्सवेल र नाथन कुल्टन नाईलले राम्रो ब्याटिङ गरेपनि ओपनर तथा टप अडरका ब्याटम्यानले खराब प्रर्दशन गर्दा अष्ट्रेलियाले सामान्य लक्ष्य पनि पुरा गर्न नसकेको हो । आक्रमक ब्याटङ गरेका म्याक्सवेलले ३७ बलमा ४ चौका र दुइ छक्का प्रहार गर्दै ५२ रन बनाए ।

त्यस्तै नाथन कुल्टनले १७ बलमा ३ छक्का प्रहार गर्दै २७ रन बनाए । मिचेल मार्शले २१ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याटम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाकिस्तानका लागी सादब खान र साहिन अफ्रिदीले समान २ विकेट हातपार्दा इमाद वासिम र मोहम्मद हफिजले पनि समान एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाउन सक्यो । उस्का लागि बाबर आजम ४५, हफिज ४०, फहिम असरार्फ १७ र फकार जमान ११ ले रन बनाउन बाहेक अन्य ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका लागि नाथन कुल्टनले ३ तथा बीलि स्टेनलेकले २ विकेट लिएपनी टोलीको जितको लागि प्रयाप्त हुन सकेन ।

यसअघि पहिलो टी – २० खेलमा पाकिस्तान ६६ रनले बिजयी भएको थियो । तेस्रो तथा अन्तिम टी-२० खेल आगमी अक्टोबर २८ अर्थात आइतवार हुने छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.