default_image

7 years ago

October 27, 2018

सरकार र कायस चम्किदा जिम्बाब्वेमाथि बंगलादेशको क्लिन स्विप

126 views

0 Bookmark

चित्तगोङ (एजेन्सी) – जिम्बाब्वेविरुद्धको तीन एक दिवसिय क्रिकेट श्रृंखला बंगलादेशले क्लिन स्विप गरेको छ । शुक्रबार राती भएको अन्तिम तथा तेस्रो खेलमा ७ विकेटले पराजित गर्दै घरेलु टोली श्रृंखला क्लिन स्विप गर्न सफल भएको हो ।

२ सय ८७ रनको लक्ष्य पक्ष्याएको बंगलादेशका लागि ओपनर इमरुल कायस र सौम्य सरकारले शतक प्रहार गरेपछि ४२.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य सहजै पुरा गरेको हो । पहिलो ओभरको पहिलो बलमै ओपनर लिटन दासलाई डक आउटमा गुमाएको बंगलादेशले दोस्रो विकेटका लागि कायस र सरकारले २ सय २० रनको दोहोरो शतकको साझेदारी गर्दै सहज जित दिलाएका हुन् ।

१ सय १२ बलको सामना गरेका कायसले १० चौका र २ छक्का प्रहार गर्दै १ सय १५ रन बनाए । त्यस्तै आक्रमक रुपमा ब्याटिङ गरेका सरकारले ९२ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै १ सय १७ रन जोडे । कायस खेलम म्यान अफ द म्याच हुँदा सरकार म्यान अफ द सिरिज घोषित समेत भए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले सेन विलियम्सनको शतकमा निर्धारीत ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८६ रन बनाउन सकेको थियो । सेनले १ सय ४३ बलमा १० चौका र १ छक्का प्रहार गर्दै १ सय २९ रनमा अविजित रहे । त्यस्तै बेन्डम टेलर ७५, सिकन्दर राजा ४० र पिटर मुरले २८ रन बनाएका थिए । बंगलादेशका नजमुल स्लामले २ लिए ।

त्यस अघि बंगलादेश पहिलो खेलमा २८ रनले विजयी हुँदा दोस्रो खेलमा ७ विकेटले जितेको थियो । अब जिम्बाब्वे र बंगलादेशबीच दुई टेस्ट श्रृंखला हुने छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.