10 years ago
March 15, 2016
काठमाडौँ, चैत्र २ । चितवनको कुरिनटारमा अन्तर कर्पोरेट बिच क्रिकेट प्रतियोगिता हुने भएको छ । कञ्चनजंघा इन्टरनेसनलको आयोजनमा दुई चरणमा चैत ५ बाट हुने प्रतियोगिता हुने आयोजकले जानकारी गराएको हो ।

लिगकम नकआउटका आधारमाहुने प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका गरी कुल २८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । चैत ५ र ६ गते हुने प्रतियोगिताको पहिलो चरणमा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणको खेल चैत १२ र १३ गते हुनेछ, जसमा पनि १४ टोलीले नै प्रतिस्पर्धा गर्नेछ । दुवै चरणको बिजेताले फाइनलमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेलहरु सुपर सिक्सेसको आधारमा हुनेछन् । हरेक टोलीमा एक महिला खेलाडी अनिवार्य राखिएको छ ।
कञ्चनजंघा इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुबास प्रधानले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले छिट्टै नै राष्ट्रिय स्तरको खुल्ला क्रिकेट प्रतियोगिता र अन्तर स्कुल क्रिकेट प्रतियोगिताको आयोजना गरिने बताए ।
प्रतियोगिताका सवै खेलहरु कुरिनटारस्थित डालीमा होलिडे रिसोर्ट हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]