7 years ago
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटबल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ । बुटवलले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा चितवन १७ औं ओभरमा ६५ रनमा अलआउट भयो ।

तीव्र गतिका बलर सोमपाल कामीले घातक बलिङ गरेपछि चितवनको शीर्षक्रम ध्वस्त भएको थियो । सोमपालले ३ ओभरको पहिलो स्पेलमा ८ रन खर्चेर ४ विकेट लिएका थिए । उनले ओपनर अनिल साह, कप्तान पारस खड्का, आरिफ शेख र स्मित पटेललाई आउट गरेका थिए । चितवनका दुवै ओपनर शून्यमा आउट भएका थिए भने आरिफ पहिलो बलमै पेभेलियन फर्किए ।
तेस्रो ओभरमै चितवनले १० रनको स्थितिमा ४ विकेट गुमाएको थियो । भुवन कार्कीले सर्वाधिक १९ रन तथा कप्तान पारस खड्काले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बुटवलका लागि सोमपालले ४, ललित सिंह भण्डारीले २ तथा रोहन मुस्तफा, विपिन खत्री र अभिनाश बोहोराले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । खराब सुरुवात गरेको बुटवलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान सागर पुनले ४६ रनको योगदान दिए । सागर र शंकर रानाले चौथो विकेटको लागि ६८ रनको साझेदारी गर्दै बुटवलको इनिङ्स उकासेका थिए । शंकर रानाले ४८ रन बनाए । सिद्धान्त लोहनी १७ रनमा नटआउट रहे । कप्तान सोमपाल कामीले ६ रन बनाए ।
ओपनर चिराग सुरी १ तथा भीन सार्की २ रनमा पभेलियन फर्किए । रोहन मुस्ताफा शुन्य रनमा आउट आउट भए । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले आफ्नो स्पेलको पहिलो ओभरको पाँचौ र छैटौ बलमा चिराग सुरी र रोहन मुस्ताफालाई लगातार आउट गरेका थिए । रामनरेश गिरी र शक्ति गौचनले समान १ विकेट बाँडे ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]