7 years ago
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो खेलमा चितवन राइनोजलाई ७० रनले हराउँदै बुटवल ब्लास्टर्सले प्रतियोगितामा सानदार सुरुवात गरेको छ । सामान्य १ सय ३६ रनको लक्ष्य पक्ष्याएको चितवन १६.५ ओभरमा मात्र ६५ रनमा अल आउट भयो ।

सामान्य लक्ष्य पक्ष्याएको चितवनका लागि कप्तान पारस खड्काले १० र भुवन कार्कीले १९ रन बनाउन बाहेक अन्य कुनैपनि खेलाडीले बुटवलका बलर सामु क्रिजमा टिकेर सम्झन योग्य रन बनाउन सकेनन् । चितवनका ३ जनाले खाता सम्म खोल्न नसक्दा अन्य ६ जना ब्याटम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । सहज जित दिलाउन बुटवलका यी ३ खेलाडी नायक सावित हुदाँ कप्तान पारसको टिम चितवनले सामान्य लक्ष्य पुरा गर्न मात्र सकेन,जितको आसा फराकिलो हार ब्योहोदैँ निरासामा बदलियो ।
सोमपाल कामी

कप्तान समेत रहेका त्रिब गतिका बलर सोमपाल कामी चितनवका लागि आज घातक र टाउको दुखाइका बलर बन्न पुगे । सामान्य स्कोर रक्षा गर्न सोमपालले मात्र ४ ओभरमा १३ रन खर्चेर चितवनका टप अडरका मुख्य ४ ब्याटम्यानलाई पेभिलिएन फर्काए । पहिलो ओभरको चौथो बलमै ओपनर अनिल कुमार शाहलाई सिद्दान्त लोहनीको हातबाट क्याच आउट गराउदैँ मैदान छिरेको केहि मिनेटमै पेभिलिएनको बाटो फर्काएका थिए । तेस्रो ओभरमा पुन आफ्नो दोस्रो ओभर बलिङ लिएर आएका सोमपालले १० रन बनाई खेली रहेका कप्तान पारस खड्कालाई दोस्रो बलमा र तेस्रो बलमा आरिफ शेखलाई खाता खोल्न नदिई आउट गरेपछि चितवन पूर्ण रुपमा दवावमा आएको थियो ।
यी दुबै खेलाडीलाई सागर पुनको हातबाट क्याच आउट गराएका थिए । सोमपाल यतिकैमा रोकिएनन् । आफ्नो ब्यक्तिगत तेस्रो स्पेल लिएर पाँचौ ओभरमा बलिङ गर्न आएका उनले चौथो बलमा स्मित पटेललाई २ रनमा आउट गरेपछि सामान्य स्कोरमा पनि जित संभव बनाएका थिए । म्यान अफ द म्याच घोषित भएका सोमपलको घातक बलिङनै बुटवलको फराकिलो जितको बलियो आधार रह्यो ।
ललित भण्डारी

चितवनलाई सस्तैमा रोक्न तिब्र गतिका बलर ललित भण्डारीले पनि उत्कृष्ट प्रर्दशन गरे । ३ ओभरमा १४ रन खर्चेका उनले चितवनका टप अडरका दुई ब्याटम्यानलाई पेभिलिएनको बाटो देखाएका थिए । आफ्नो पहिलो स्पेल लिएर दोस्रो ओभरमा बलिङ गर्न आएका भण्डारीले हिटर सोनु तामाङलाई अन्तिम बलमा वोल्ड आउट गर्दै खाता खोल्न नदिइ आउट गरे । त्यस्तै आफ्नो तेस्रो ओभर लिएर छैटौँ ओभरमा बलिङ गर्न आएका भण्डारीले भारतीय ब्याटम्यान सन्नी पटेललाई ९ रनमा पेभिलिएन फर्काउदैँ जित निश्चित जस्तै गराएका थिए ।
शंकर राना
भिम सार्की पाचौँ ओभरमा आउट भएपछि मैदान प्रवेश गरेका राना १९.४ ओभरमा आरिफको हातबाट रन आउटको शिकार हुनुअघि चितवनका बलरलाई डटेर सामाना गरे । बुटवलको स्कोर वोर्डमा १ सय ३५ रन सम्म पुर्याउन उनले महत्वपूर्ण ब्याटिङ गरे । बुटवललाई समान्जनक र प्रतिस्पर्धात्मक लक्ष्य सम्म पुर्यान उनले ४८ रन प्रहार गरेका थिए । ४१ बलको सामना गरेका उनले ५ चौका र १ छक्का प्रहार गरे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]