7 years ago
October 27, 2018
एजेन्सी – वेस्ट इन्डिजविरुद्धको तेस्रो वानडेमा भारत ४३ रनले पराजित भएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको २ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा भारतले २ सय ४० रनमात्र जोड्न सक्यो ।

भारतका लागि कप्तान विराट कोहलीले शतक बनाएपनि लक्ष्य प्राप्त गर्न सकेन । कोहलीले १ सय १९ बलमा १ सय ७ रन जोडे । उनले १० चौका र १ छक्का प्राहर गरे । ओपनर शिखर धवनले ३५ तथा ऋषभ पन्तले २४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । वेस्ट इन्डिजका मार्लन स्यामुएल्सले ३, जेसन होल्डर, म्क्कोई र एस्ली नर्सले २-२ तथा कमर रोचले १ विकेट लिए।
त्यसअघि सेइ होपले ९५ रन जोडेपछि वेस्ट इन्डिजले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८३ रन जोडेको थियो । होपले १ सय १३ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरेका थिए । एस्ली नर्सले २२ बलमा ४० रन जोडेपछि वेस्ट इन्डिजले विशाल योगफल खडा गरेको थियो । शिम्रण हेटमरले २१ बलमा ३७ रन जोड्दा जेसन होल्डरले ३२ रन जोडे । भारतका लागि जस्प्रित बुमराहले ४ विकेट लिँदा कुलदिप यादवले २ विकेट लिए ।
यससँगै ५ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । पहिलो वानडे भारतले सहजै जितेको थियो भने दोस्रो वानडे टाइ भएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]