7 years ago
October 27, 2018
पुने (एजेन्सी) – वेस्ट इन्डिजविरुद्ध तेस्रो एक दिवसीय खेलमा भारत पराजित भएपनि भारतका कप्तान विराट कोहलीले शतक प्रहार गर्दै अर्को किर्तिमान बनाएका छन्।
वेस्ट इन्डिजले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा कोहलीले १ सय ७ रन प्रहार गरेपनि उनको शतकले भारतलाई जित दिलाउन सकेन। यससँगै ५ खेलको सिरिजमा १-१ को बराबरी भएको छ । पहिलो वानडे भारतले सहजै जितेको थियो भने दोस्रो वानडे टाइ भएको थियो । यसै साता ओडिआइमा १० हजार रन पुरा गर्ने क्रममा कोहलीले सचिन तेन्दुलकरको १७ वर्ष लामो किर्तिमान सुधारेका थिए।
आज सर्ट बललाई फाइन लेगतर्फ धकेल्दै १ रन लिएर कोहलीले १ सय १० बलमा शतक पुरा गरे। यो शतकसँगै लगातार तीन खेलमा शतक प्रहार गर्ने कोहली पहिलो भारतीय खेलाडी बनेका छन्। उनले वेस्ट इन्डिजविरुद्ध पहिलो खेलमा १ सय ४० र दोस्रो खेलमा १ सय ५७ रन बनाउँदै नटआउट रहेका थिए।
विश्व क्रिकेटमा भने अन्य ९ ब्याट्सम्यानहरुले लगातार ३ खेलमा शतक बनाएका छन्। श्रीलंकाका विकेट किपर ब्याट्सम्यान कुमार सङ्घाकाराले लगातार ४ शतकको किर्तिमान बनाएका थिए। एकै टोलीविरुद्ध लगातार ४ शतक बनाउने पहिलो खेलाडी भने कोहली नै हुन्। २०१७ मा पछिल्लो प्रतियोगितामा उनले १ सय ११ रन बनाएका थिए।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]