7 years ago
October 28, 2018
एजेन्सी – श्रीलंकाबीरूद्धको एकमात्र टी – २० खेलमा इङ्ल्यान्ड ३० रनले विजयी भएको छ । शनिवार राती कोलोम्बोमा भएको खेलमा १ सय ८८ रनको लक्ष्य पक्ष्याएको घरेलु टोली श्रीलंका निर्धारित २० ओभरमा अल आउट हुदैॅ मात्र १ सय ५७ रन बनाउन सक्यो ।

उस्का लागी कप्तान तिसेरा परेराले ३१ बलमा ६ छक्का र १ चौका सहित ५७ रन प्रहार गरेपनि टोलीलाई जिताउन सकेनन् । श्रीलंकाका दिनेश चान्डीमल २६, कामिन्दु मेन्डिस २४ र धनन्जय डि शिल्भाले १७ रन बनाउन बाहेक अन्य ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । इङ्ल्यान्डका लागि जो डेनलीले घातक बलिङ गरे । उनले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै समान अोभर बलिङ गरेका अदिल रसिदले पनि घातक बलिङ गरे । उनले ११ रन खर्चेर ३ विकेट लिदा क्रिस जोर्डनले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाहुना टोली इङ्ल्यान्डले ओपनर जोसन रोएको उत्कृष्ट ब्याटिङमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १सय ८७ रन बनाउन सकेको थियो । आक्रमक ब्याटिङ गरेका रोएले ३६ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दैॅ ६९ रन प्रहार गरे ।इङ्ल्यान्डका अन्य बेन स्ट्रोक्सले २६, मोइन अली २७ र डेनलएले २० रन प्रहार गरे । श्रीलंकाका लागि लाथिस मलिङ्गा र अमिला एपन्सोले समान दुई विकेट लिए ।
यस अघि पाॅच वान डे क्रिकेट श्रृंखला ३-१ ले इङ्ल्यान्डले जितेको थियो । यी दुई टोलीबीच अव थप दुई टेस्ट खेल हुने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]