default_image

7 years ago

October 28, 2018

पीपीएल : सन्दीपको विराटनगरमाथि दीपेन्द्रको धनगढीको सहज जित

138 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ । एक्सपर्टले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १७ औं ओभरमा १ सय ४ रनमा अलआउट भयो । प्रतियोगितामा धनगढीको यो पहिलो जित हो ।

विशाल लक्ष्य पछ्याएको विराटनगरले दोस्रो ओभरमा ओपनर प्रदीप ऐरीलाई ४ रनमा गुमाएको थियो । सुनील धमला र मोहमद जैदले साझेदारी गर्ने प्रयास गरेपनि सुनील २१ रन जोड्दै दीपेन्द्रसिंह ऐरीको बलमा उनकै हातबाट क्याचआउट भए । त्यसपछि राजु रिजाल ५ र जैद १९ रनमा पेभेलियन फर्किए । किशोर महतो ९, राजेश पुलामी मगर २ र पुष्प थापा २ ले पनि दोहोरो अंक छुन सकेनन् । सन्दीप लामिछाने १० रनमा आउट भए । धनगढीका लागि ड्यानीएल लरेन्सले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । दिपेन्द्रले पनि २ विकेट हात पारे । रोबिन क्षेत्री, डेविड ट्रेगो र कमलसिंह ऐरीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ८२ रनको बनाएको थियो । मध्यम शुरुवात गरेको धनगढीका लागि इंग्लिस ब्याट्सम्यान पिटर ट्रेगोले ५३ रनको अर्धशतकीय इनिङ खेले । ३८ बल खेलेका पिटरले ४ छक्का र २ चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए । धनगढीले ८ रन जोड्दा पहिलो विकेटको रुपमा ड्यानियल लरेन्सलाई २ रनमा गुमाएको थियो । त्यसपछि सन्दीप सुनार ९ रनमा पभेलियन फर्कदा टिमले जम्मा १३ रन जोडेको थियो । दीलिपनाथ ८ रनमा आउट हुँदा टिमले ३८ रन जोडेको थियो ।

त्यसपछि कप्तान ऐरी र पिटरले चौथो विकेटको लागि ६० रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । सन्दीप जोरा १२ रनमा आउट भए । रोविन क्षेत्रीले १० रन बनाए । योगेन्द्रसिंह कार्कीले ६ रन बनाए । मन्जित श्रेष्ठ १ रनमा पेभेलियन फर्किए । सौरभ खनालले अन्तिम बलमा क्याचआउट हुनुअघि १३ बलमा ४१ रन जोडे । उनले १३ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गरे । विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए । किशोर महतो, सुनिल धमला, सन्दीप लामिछाने र मोहम्मद जायद आलमले समान १ विकेट लिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.