default_image

7 years ago

October 28, 2018

भीमको अर्धशतकमा पोखरालाई १ सय ५१ रनको लक्ष्य

94 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार दोस्रो खेलमा बुटबल ब्लास्टर्सले घरेलु टोली पोखरा पल्टनलाई १ सय ५१ रनको विजयी लक्ष्य दिएको छ । बुटवलका लागि भीम सार्कीले अर्धशतक प्रहार गरे ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बुटबलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनायो । बुटवलका लागि रोहन मुस्ताफा र भीम सार्कीले तेस्रो विकेटको लागि ७३ रनको साझेदारी गरेका थिए । रोहन अर्धशतक बनाउनबाट ५ रनले चुके । भीम सार्कीले ४६ बलमा ५४ रन बनाए । उनले २ चौका र ३ छक्का प्रहार गरे । रोहनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४५ रन बनाए ।

त्यसअघि भीम सार्कीलाई ३५ रनमा छँदा विनोद भन्डारीले ड्रप गरेका थिए । चिराग सुरी ५ र सागर पुन २ रनमा पेभेलियन फर्किए । सिद्धान्त लोहनीले १३ रनको योगदान दिए । सोमपाल कामीले ८ बलमा २२ रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे । पोखराका मोहमद नाविदले ३ तथा मेहबुव आलम, ललित नारायण राजवंशी र कप्तान शरद भेषवाकरले १-१ विकेट लिए ।

बुटवलले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । दुवै टोली दोस्रो जितको खोजीमा छ । घरेलु टोली पोखराले पहिलो खेलमा विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो । बुटवलले चितवन राइनोजलाई ७० रनले पराजित गरेको थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.